९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सुरक्षाको कोणबाट नेपाल चिनाउने पुस्तक सार्वजनिक

सुरक्षाको कोणबाट नेपाल चिनाउने पुस्तक सार्वजनिक
अ अ+ अ-

काठमाडौं । हाम्रो सुरक्षा नीति के हो ? यो कसले र कसरी निर्धारण गर्छ ? यसको कार्यान्वयन कसरी भइरहेको छ ?

पुस्तकका पाठकहरुमाझ अब यिनै जिज्ञासाहरु मेटिने गरि पब्लिकेशन्स नेपालयले एउटा नौलो विषयवस्तुतर्फ प्रयास अघि बढाएको छ । ‘नेशनल सेक्युरिटी एण्ड दी स्टेटस् अ फोकस अन नेपाल’ (National Security and the State: A focus on Nepal) ले हामीलाई मुलुकको सुरक्षा संवेदनशीलता र यसप्रतिको हाम्रो तयारीबारे अवगत गराउनेछ ।

यो विषय हामीलाई अथ्र्याउँदै उपस्थित भएका छन् लेखक अवकाशप्राप्त सहायक रथी केशरबहादुर भण्डारी ।

लेखकले इच्छाएको व्यक्तिलाई पुस्तक उपहार दिएर विमोचन गर्ने प्रावधान अनुसार कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ र लेखक भण्डारीले संयुक्त रुपमा पुस्तक अनावरण गरेका थिए ।

भण्डारी राष्ट्रिय सुरक्षा परिषद सचिबालयमा रहेर कामसमेत गरिसकेका अधिकारी हुन् । राष्ट्रिय सुरक्षा विषयमै विद्यावारिधि समेत गरेका भण्डारीले देश, बिदेशका विश्वविद्यालय र सुरक्षा सम्वन्धि अध्ययन केन्द्रहरुमा विद्वत प्रवचन दिँदैआएका छन् ।

भण्डारीका अनुसार राष्ट्रिय सुरक्षा परिषदको सचिवालय देशको सुरक्षा रणनीति बनाउने सबैभन्दा महत्वपूर्ण निकाय हो । त्यसैले यसलाई अधिकारसहितको नेतृत्व दिइनुपर्ने विचार भण्डारीले सार्वजनिक वृत्तमा राख्दैआएका छन् ।

२०४६ सालको परिवर्तनसँगै मुलुकले राष्ट्रिय सुरक्षा परिषदको आवश्यकता महशुस गरेको हो । परिषदमा कार्यरत रहँदाकै बखत भण्डारीले सुरक्षा इतिहासमै पहिलोपटक नेपालको राष्ट्रिय सुरक्षा नीतिको मस्यौदा तयार पारेका थिए ।

दुइ विशाल एवं शक्तिशाली छिमेकीको बीचमा अवस्थित हाम्रो सानो मुलुकमा पटक–पटक अनेक मुद्दाहरु सतहमा आइरहेका हुन्छन् । त्यसलाई राजनीतिक तवरबाट अनेक हिसाबले विश्लेषण गरिन्छ । तर, सामरिक महत्वका त्यस्ता विषयवस्तुहरुलाई हामीले सुरक्षाका दृष्टिले भने बुझ्ने प्रयास गरिरहेका हुँदैनौं ।

जस्तो कि पछिल्लो समय अत्यधिक चर्चामा रहेको कालापानीको मुद्दा । दुइ मुलुक बीचको यो सिमा अतिक्रमण सम्वन्धि विषयले हामी बीच परम्परादेखि चल्दै आएको आपसी मैत्री सम्वन्ध र खुला सिमानाका मुद्दालाई बहसका रुपमा अघि बढाएको थियो । तर, यसै कुरालाई लिएर छिमेकमा रहेका साना मुलुकको राष्ट्रिय सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिको हिसाबले यसबारे धेरै मन्थन भएको पाइएन ।

नेपाली समाजले सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्र पहिचान जस्ता विषयहरुलाई अत्यन्त संवेदनशीलताका साथ लिने गरेको छ । यो राष्ट्रिय सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिसँग प्रत्यक्ष जोडिएको विषय हो । अर्कोतर्फ राष्ट्रिय सुरक्षा नीतिलाई मुख्यगरेर राष्ट्रिय हित, राष्ट्रिय मूल्य र मान्यताको जगेर्ना, राष्ट्रिय अस्तित्वको संरक्षण, अनि सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको भलाइले मार्ग निर्देशित गर्दैआएको छ । त्यसैले पनि पछिल्लो समय राष्ट्रिय सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिमा सर्वसाधारणको समेत चाँसो र अभिरुची बढ्दै गइरहेको छ।

‘छिमेकी एवं विश्व शक्तिराष्ट्रका दीर्घकालीन स्वार्थहरु जोडिएका भूराजनीतिक अवस्थाले हाम्रो सुरक्षा र सम्वृद्धिका क्षेत्रमा अवसर र चूनौति दुवै उभ्याएको छ,’ लेखक भन्छन्, ‘त्यसैगरि धेरै मुलुकमा जस्तै हामीकहाँ पनि लगातार परिवर्तनशील आन्तरिक परिस्थितीहरुले उभ्याउने आन्तरिक सुरक्षा चूनौतिका अझ बढी जटिलता विद्यमान छन् ।’

ऐतिहासिक पृष्ठभूमिका आधारमा पनि शक्तिशाली गोर्खा राज्यको विस्तार र यसले भूराजनीतिक रुपमा व्यहोर्दै आएको सुरक्षा खतराकै परिस्थितीका माझबाट हाम्रो मुलुकको उदय हुनपुगेको देखिन्छ । त्यसरी उदाएको मुलुकले लामो समय जहानियाँ शासन, त्यसपछिको निरंकुश र फेरि प्रजातान्त्रिक व्यवस्थाहुँदै कम्यूनिष्टहरुको वर्चश्व सहितका पछिल्लो परिस्थितीले धमाधम ठूला राजनीतिक फड्काहरु मारेको अवस्था छ । यसले हामी भित्रका आन्तरिक उथलपुथलहरुलाई पनि सतहमा ल्याउँदै गरेको छ ।

त्यसैगरि पुस्तककै एउटा अध्यायले नेपाली सेना, यसको भूमिका, विशेषता र सांगठनिक एवं अन्य पक्षहरुलाई निष्ठापूर्वक समेट्ने जमर्को गरेको छ । यसले नेपाली सेनाको संस्थागत स्वरुपलाई समेत आम पाठकका माझ स्पष्ट पार्ने लेखकको ठम्याइ छ ।

अन्त्यमा साना सार्वभौम राष्ट्रहरुको राष्ट्रिय सुरक्षा परिस्थितीलाई केन्द्रित गरेर यो एउटै पुस्तकले राष्ट्रिय सुरक्षाको फराकिलो सैद्धान्तिक अवधारणालाई समेत बुझाउने प्रयत्न गरेको लेखक बताउँछन् ।

विमोचन कार्यक्रममा पुस्तकले उठाएका विषयवस्तु बारे अवकाशप्राप्त रथी बालानन्द शर्माले प्रकाश पारेका थिए । ‘यो पुस्तक तयार पार्न पर्याप्त शोधकार्य गरिएको देखिन्छ,’ शर्माले भने, ‘पुस्तकालयहरुका निम्ति समेत संग्रहणीय स्तरको यो पुस्तक सन्दर्भ सामग्रीका रुपमा उल्लेख हुने लायकको छ ।’

कार्यक्रममा पुस्तककै सेरोफेरोमा रहेर सञ्चारकर्मी भूषण दहालले लेखक भण्डारीसँग वार्तालापसमेत गरेका थिए । त्यस क्रममा लेखकले मुलुकका लागि पहिलो महत्वपूर्ण दस्तावेज संविधान भएजस्तै त्यसपछिको दोश्रो महत्वपूर्ण दस्तावेज राष्ट्रिय सुरक्षा नीति हुने बताए । तर, यस्तो महत्वपूर्ण दस्तावेजलाई कार्यान्वयन गर्न अझैसम्म पनि हामीकहाँ ढिलाइ भइरहेको उक्त दस्तावेजका मस्यौदाकार एवं लेखक भण्डारीले औंल्याए ।

विमोचन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले पनि यो पुस्तकको महत्वबारे चर्चा गरेका थिए ।

‘राष्ट्रिय सुरक्षाजस्तो अत्यधिक चर्चा हुने तर कमै पढिएको विषयवस्तुलाई यसपाला हामीले प्राथमिकताका साथ पाठकसमक्ष राखेका छौं,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘हाम्रो सुरक्षा र सुरक्षा नीतिका फराकिलो विषयवस्तुलाई सम्वन्धित विज्ञद्वारा सरल भाषामा बुझाउन खोजिएको यो संभवत पहिलो प्रयास हो ।’

चार सय २६ पृष्ठको पुस्तकलाई ९ सय ९५ रुपैयाँ मूल्य राखिएको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ । ईबुकको प्रतिलिपि  thuprai.com  बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon मार्फत् उपलब्ध हुनेछ ।