२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको अवस्था भयावह छः ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताउनुभएको छ ।

बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले देशको अवस्था देखेर आम नागरिकहरु दिक्क भएको बताउनु भयो । उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको बताउनु भयो । उहाँले सरकार गठन गर्नेदखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्नेकुरा निर्वाचनले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको विकासको पक्षमा पार्न, राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न र विकासको गतिलाई अघि बढाउन नेकपा एमाले बाहेक अन्य कुनै राजनीतिक शक्ति नरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘जनता वास्तवमा देशको जस्तो हालत र जसरी देश अघि जाँदै छ, यस्तो अवस्थाबाट दिक्क छन्, त्रसित पनि छन् । यो देश कहाँ पुग्ने हो ? एउटा भयावह स्थिति छ । यस्तो स्थितिमा मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन आइरहेको छ । यो निर्वाचनले एकातिर देशमा सरकार गठन गर्नेकुरा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्नेकुरा सभामुखदेखि लिएर अन्य पदाधिकारीको निर्वाचन गर्नेकुरा, सरकार गठन भनेपछि प्रधानमन्त्रीदेखि लिएर सरकार गठन गर्नेकुरा, प्रदेश सरकार गठन गर्नेकुरा र भोलि गएर आवधिक निर्वाचन गर्नेकुरा छ ।

यसले विभिन्न ठाउँमा महत्व स्थापना गर्नेछ । देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको, विकासको पक्षमा पार्न र राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न, विकासको गतिलाई अघि बढाउन नेकपा एमाले बाहेक अरुलाई सक्दैन । त्यसकारण आज देश एमालेमय बन्द गएको छ, पार्टी प्रवेशको लहर बढ्द गएको छ । यस लहरलाई तिब्र गतिमा अघि बढाउनुपरेको छ ।’

अध्यक्ष ओलीले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ताहरु एमाले प्रवेश गर्ने लहर चलेको भन्दै देश एमालेमय बनेको दाबी गर्नुभयो ।