काठमाडौँ । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमा दसैँ अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ ।
विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुसक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । विजेताद्वयले जनही रू. २५,००० (पचिच्स हजार) प्राप्त गर्नुभएको छ ।
त्यस्तै सेवाग्राहीहरू सिर्जना राई, आरती शाह, राजकुमार कुवार, शुकबहादुर राई, बेगम वि.क, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट हनुभएको हो । वहाँहरू प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।
‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू. २५,००० ( पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिनेछ ।
त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १०,००,०००(रुपैयाँ दश लाख) उपहार स्वरूप प्रदान गरिनेछ । ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।