२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई दसैँ अफर: चौथो हप्ताको नतिजा घोषणा



अ+ अ-

काठमाडौँ । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमा दसैँ अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ ।

विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुसक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । विजेताद्वयले जनही रू. २५,००० (पचिच्स हजार) प्राप्त गर्नुभएको छ ।

त्यस्तै सेवाग्राहीहरू सिर्जना राई, आरती शाह, राजकुमार कुवार, शुकबहादुर राई, बेगम वि.क, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट हनुभएको हो । वहाँहरू प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।

‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू. २५,००० ( पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिनेछ ।

त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १०,००,०००(रुपैयाँ दश लाख) उपहार स्वरूप प्रदान गरिनेछ ।  ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई  साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने  थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।