• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

एकै दिन ४३ सवारीसाधन कारबाहीमा



दैलेख । दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन् ।

दसैँका बेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकहरूलाई यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, चालक, सहचालक र यात्रुलाईसमेत प्रहरी टोलीले सतर्क गराएको छ ।

प्रहरी प्रमुखसहित आठ जनाको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गरेको थियो भने माथिल्लो डुङ्गेश्वर, तल्लो डुङ्गेश्वर, दैलेख, सुर्खेत सडकखण्डको जिरो प्वाइन्ट दुल्लु, राकम कर्णाली राजमार्ग, रानीमत्ता, पाल्तडाका बिभिन्न मातहतका प्रहरी चौकीमार्फत जिल्लाभर सवारी जाँच गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताउनुभयो ।

यस्तै दसैँ नजिकिएसँगै देश–विदेशबाट जिल्ला फर्कने क्रम बढिरहेको छ । दैलेख जिल्लाको समग्र लगेको छ। जिल्लाको आठबिस नगरपालिका, गुराँस, प्रहरी चौकी तल्लो डङ्गेश्वर, प्रहरी चौकी बेस्तडा नारायण नगरपालिकालगायत १० स्थानमा यात्रु सहायता केन्द्र स्थापना गरिएको छ ।

यात्रुहरुका समस्या समाधानसँगै चाडबाडका बेलामा आइपर्ने अन्य समस्या समाधानका लागि यात्रुकक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।