९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बुटवलको मुख्य बजारमा पार्किङकै समस्या

बुटवलको मुख्य बजारमा पार्किङकै समस्या
अ अ+ अ-

बुटवल । बुटवलको मुख्य बजारमा पार्किङको समस्याका कारण व्यापार व्यवसाय खस्किँदै गएको छ । बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अमरपथ, विपीचोक, राममन्दिर लाइन (रामपथ), सङ्गमपथ, जेसिसचोक, हाटबजार लाइनलगायतका बजार क्षेत्रमा सवारीसाधन पार्किङ गर्ने स्थानको अभाव छ ।

यसका कारण सो क्षेत्रमा बजार गर्न आउनेको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको अमरपथस्थित खनाल साडीका सञ्चालक करुण खनालले बताउनुभयो । “एक जना मेरो नियमित ग्राहक सपिङका लागि आउँदा गाडी पार्किङ गर्ने ठाउँ पाउनु भएनछ”, उहाँले भन्नुभयो, “यहाँ घुम्दाघुम्दा पार्किङ गर्ने ठाउँ नपाएर उहाँ मणिग्राम पुग्नुभएछ ।”

अमरपथका पुराना व्यापारी रजनी इम्पोरियमका सञ्चालक महेश्वर श्रेष्ठ पनि विगतको तुलनामा व्यापार खस्किँदै गएको बताउनुभयो । “हाम्रा ग्राहक गाडी मोटरसाइकलमा आउनुहुन्छ, यहाँ पार्किङ गर्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “पार्किङकै समस्याका कारण हाम्रा नियमित ग्राहक पनि आउन छाड्नुभएको छ ।”

पार्किङ समस्याका कारण मात्रै यहाँको व्यापार खस्किएको भने होइन । सीमावर्ती सुनौली बजारमा नेपाली उभोक्ताको लाइन लागेका कारण पनि यहाँका व्यापार खस्किँदै गएको उहाँ बताउनुहुन्छ । व्यापार खस्किँदै गएपछि व्यवसाय धान्न पनि धौधौ भएको अधिकांश व्यापारी व्यवसायीको भनाइ छ ।

बुटवलको मुख्य बजार क्षेत्रमा मात्रै नभएर अन्यत्र पनि पार्किङको समस्या बढ्दै गएको छ । बुटवलमा जनघनत्व बढ्दै जाँदा खाली जग्गा पनि सकिँदै गएको छ भने सवारीसाधनको सङ्ख्या बढ्दै गएको छ । यस कारणले बुटवलमा पार्किङको समस्या बढ्दै गएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताउनुभयो । “हामीले पार्किङ समस्याको समाधान गर्न सकेनौँ भने यहाँको व्यापार अन्यत्र स्थानान्तरण हुनेछ”, उहाँले भन्नुभयो, “यो समस्या समाधानका लागि हामीले केही सोच बनाएका छौँ, यसमा सबैको साथ र सहयोग चाहिन्छ ।”

बुटवलमा पार्किङको समस्या समाधानका लागि पुराना भवनलाई पुनःनिर्माण गरी अन्डरग्राउण्ड दुई तला र माथिल्लो भागमा समेत पार्किङ गर्न मिल्ने गरी नयाँ भवन निर्माण गर्ने सोच बनाएको उहाँले जानकारी गराउनुभयो । त्यसका लागि पिपिपी मोडल उपयुक्त हुने उहाँको भनाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा अहिले अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । मुख्य बजारको पार्किङ समस्या समाधानका लागि लुम्बिनी प्रादेशिक अस्पतालको जग्गामा बनाइएको अस्थायी पार्किङ क्षेत्रभन्दा अगाडि सवारीसाधनलाई प्रवेश गर्न नदिने र त्यस क्षेत्रका व्यापारी व्यवसायीले पनि सामान लोड–अनलोड गर्ने काम रातिको समयमा गर्ने गरी व्यवस्था मिलाउने हो भने केही हदसम्म पार्किङ समस्या समाधान हुने स्थानीय शम्भु श्रेष्ठले सुझाव दिनुभयो ।