१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व मुटु दिवसः दैनिक शारीरिक अभ्यास आवश्यक



अ+ अ-

मोरङ । विश्व मुटु दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइयो । कोसी अस्पताल विराटनगरद्वारा आयोजित उक्त प्रभातफेरीले गौश्वारा , शनिहाट , तीनपैनी , गोल्छा , सत्यनारायण मन्दिर , जैन भवन, जलजला , हस्पिटल र देवकोटा चोक हुँदै पुनः अस्पतालको प्राङ्गणमा पुगेको थियो ।

प्रभातफेरीमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादव, चिकित्सक, विभिन्न औषधि बिक्री प्रतिनिधि, सर्वसाधारण र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

सो अवसरमा मेडिकल सुपरिटेण्डन्ट डा यादवले उच्च रक्तचाप र मधुमेहको नियन्त्रण, शारीरिक अभ्यास, धूमपान, मद्यपान नियन्त्रण गरी मुटु रोगबाट हुने अकाल मृत्युबाट बच्न सकिने बताउनुभयो । कोसी अस्पतालका डा दीपक सिग्देल, उत्तर मैनाली र औषधि बिक्री प्रतिनिधि अञ्जेश साहले नेपालमा ३० प्रतिशत युवामा मुटु रोग देखा परेकोले यसरोगबाट हुने हृदयघात, पक्षघात तथा मिर्गौला खराब हुनबाट जोगिनका लागि दैनिक ४५ मिनेट हिँड्डुल, हरियो सातपातको प्रयोग, धुवाँधुलोबाट जोगिनु र धूमपान प्रयोग नगर्न आग्रह गर्नुभयो ।