९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

चियापान कार्यक्रममा नेताहरुको प्रतिक्रियाः काँग्रेस भित्र राजा जन्मिए(भिडियोसहित)

चियापान कार्यक्रममा नेताहरुको प्रतिक्रियाः काँग्रेस भित्र राजा जन्मिए(भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा काँग्रेस भित्रै सही मूल्यांक नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिनुभयो । उहाँले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताउनु भयो । नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली काँग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ । गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निस्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्वपूर्ण दायित्व हो । गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामी भित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ । अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ । अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा गइरहेको एकातिर भने अर्कोतिर छिमेकीहरुको द्वन्द्व पनि त्यत्तिकै चिन्ताको विषय छ । यसलाई बचाउन सक्ने तागत भएको पार्टी नेपाली काँग्रेस नै हो ।’

काँग्रेस नेता खेमराज केसीले समानुपातिक तर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अझैपनि सूची संशोधन गरी समानरुपमा टिकट वितरण गर्नसके नेपाली काँग्रेसले आगामी निर्वाचनबाट दुई तिहाईको सरकार बनाउन सम्भव रहेको बताउनु भयो । उहाँले पार्टीमा नातागाता र आफन्तवादलाई हेर्दा न्यायोचित रुपमा टिकट वितरण हुन नसकेको बताउनु भयो । नेता केसीले न्यायोचित टिकट वितरण नभएको खण्डमा आफ्नै पार्टीबिरुद्धमा उम्मेदवारी दिनुपर्ने स्थिति आउनसक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई तिहाई आउन नेपाली काँग्रेसले अत्यन्त मेहनत गर्नुपर्छ, टिकट वितरण गर्ने प्रणालीमा निष्ठावान, त्यागी र ज्येष्ठ सदस्यहरु, जसले पार्टीमा विशिष्ट योगदान गरेका छन्, ति मानिसलाई टिकट दिएको खण्डमा यो सम्भव छ । कतिपय कुरा पार्टीमा आफ्नो नातागोता हेर्ने गरिन्छ, त्यो पद्धतिलाई त्यागेर, एकनासले गहन रुपमा वितरण गर्नुपर्छ । न्यायोचित रुपमा टिकट वितरण भएको खण्डमा नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको रुपमा सरकार बन्न सक्दछ । न्यायोचित रुपमा संस्थापन र संस्थापन इतर पक्षले अत्यन्त संयम भएर एकै ठाउँमा बसेर टिकट वितरण गरेको खण्डमा यो सम्भव छ, तर न्यायोचित टिकट वितरण नभएको खण्डमा त्यो परिस्थिति पनि नआउला भन्न सकिँदैन ।’

नेपाली काँग्रेसका नेता धर्म परियारले नेपाली काँग्रेसले केन्द्रमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझैपनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गर्नुभयो । उहाँले टिकट वितरणमा समानुपातिक नभए र नेताहरु नसच्चिए आगामी निर्वाचनमा काँग्रेसले धेरै सिट जित्न नसक्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीहरुलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको बिरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको आरोप लगाउनु भयो । उहाँले समानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा नेपाली काँग्रेस २५ सिटमा खुम्चिनसक्ने बताउनु भयो । उहाँले केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर कुर्सी र सत्ताका लागि मात्रै गठबन्धन गरिरहने र पार्टीलाई मिलाउन नसक्ने हो भने बिरोधको विकल्प नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले शेरबहादुर देउवाज्यूको प्यानलमा विश्वकर्मा मात्रै आएको अवस्था छ । दुई जना पुरुष, दुई जना महिला विश्वकर्मा मात्रै रहँदा, दलितभित्र पनि समावेशी नहुँदा अहिले प्रधानमन्त्रीको क्वार्टरमा र सानेपामा छलफल चल्दा हामीजस्ताको आवाज त्यहाँ पुगेको छैन, पार्टी बिग्रिरहेको छ, भत्किएको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा संसद विघटन गर्नुभयो, नेपाली काँग्रेसको गठबन्धनको सरकार चाहियो भनेर भन्नुहुन्छ । तर केन्द्रको नीति, निर्देशन हेर्दा समानुपातिकको सिफारिस गठबन्धन हराउने षड्यन्त्र हुनुहुन्छ । केन्द्रमा केपी ओलीलाई गाली गर्ने तर जिल्ला जिल्लामा गएर नेकपा एमालेलाई हराउन सक्ने तागत छ जस्तो लाग्दैन । हामीले सच्चिनुपर्छ । टिकट दिँदा समानुपातिक हुनुपर्छ । प्रधानमन्त्रीले आफ्नो पत्नीलाई समानुपातिकमा राख्ने, गृहमन्त्रीले आफ्नो पत्नीलाई राख्ने, उहाँहरुको त्याग, मेहेनत होला तर यसले राम्रो सन्देश दिँदैन । राजाको बिरोध गरिरहँदा काँग्रेस भित्रै राजा त भएका होइनन् ? नेपाली काँग्रेस २५ सिटमा सिमित हुने त होइन, त्यसकारण नेता सच्चिनुपर्छ । केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर त्यस्तो नियतका साथ उहाँहरु कुर्सीमा बस्नुहुन्छ भने त्यसको बिरोधमा उत्रिनुपर्छ ।’

त्यस्तै नेपाली काँग्रेसका नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढंगले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिएको आरोप लगाउनु भयो । उहाँले यसरी पार्टी भित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैर जिम्मेवारी भएको बताउनु भयो । उहाँले पार्टीमा योगदान, क्षमता, लोकप्रियताको कदर नभए बिद्रोहको विकल्प नभएको बताउनु भयो । उहाँले पार्टी भित्रै निरंकुश र सामन्ती व्यवहार भएकाले आफूहरुले बिरोध गर्नुपरेको बताउनु भयो । उहाँले संस्थापन पक्षले नेकपा माओवादी लगायतका गठबन्धनका दलहरुसँग मिलेर आफ्नो पार्टी भित्रका नेताहरुलाई किनारा लगाइ राजनीतिक हत्या गर्ने प्रपञ्च गरेको आरोप लगाउनु भयो । उहाँले सट जित्नका लागि र सरकारमा पुग्नका लागि मात्रै प्राविधिक गठबन्धन हुनुले आगामी निर्वाचनमा राम्रो नतिजा नल्याउने बताउनु भयो ।

उहाँले भन्न्ुभयो, ‘समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढंगले आफूसँग नजिक हुनेलाई, अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिइएको छ । यो गैर जिम्मेवार छ । यो पार्टीको हितमा छैन । देशको हीतमा पनि छैन । यो सूचीबाट धेरै जनप्रिय मान्छेहरु छुट्नुभएको छ । पार्टीमा योगदानको कदर, क्षमताको, लोकप्रियताको कदर हुँदैन भने बिद्रोह गर्नु आवश्यक छ । लोकतान्त्रिक पार्टीमा अलोकतान्त्रिक व्यवहार भइरहेको छ । निरंकुश व्यवहार भएको छ । सामन्ती व्यवहार भएको छ, त्यसकै बिरोधमा हामीले खबरदारी गरिरहेका छौँ । नेकपा माओवादी लगायतका गठबन्धनका दलहरुसँग मिलेर आफ्नो पार्टी भित्रका नेताहरुलाई किनारा गरी राजनीतिक हत्या गर्ने जुन प्रपञ्च हुँदैछ । सिट जित्नका लागि र सरकारमा पुग्नका लागि मात्रै प्राविधिक गठबन्धन गरिएको छ, यसको नतिजा राम्रो आउँदैन ।’

त्यस्तै काँग्रेस नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भएपनि पार्टी भित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताउनु भयो । उहाँले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताउनु भयो । उहाँले पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिनुभएको उल्लेख गर्दै अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन गरेर नै चुनावमा जाने निर्णयले गठबन्धनले चुनाव जित्ने आधार छ । गठबन्धनसँग जनमत छ । राजनीति भनेको जनताको जीवनलाई बदल्ने माध्यम हो । मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै राजनीति होइन । हामीले न्यायोचित अवसरको वितरणका निम्ति हामीले पार्टीलाई भनेका हौँ । त्यही अन्तर्गत यो चियापन हो । सभापति ज्युले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्रीको बाटो हेरिरहेका छौँ । भएन भने बाँकी निर्णय हुन्छ । एकलौटी र विभेदपूर्ण भयो भने कार्यकर्ताले आफ्नो बाटो लिन्छ ।’

त्यस्तै काँग्रेस नेता अजयबाबु शिवाकोटीले समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि बिरोधमा गएको दाबी गर्नुभयो । उहाँले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताउनु भयो । उहाँले गठबन्धन अघि बढाउन टिकट वितरणमा संशोधन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि बिरोधमा गएका छन् । ठूलो असन्तुष्टि छ, यसको सम्बोधन नगरी चुनावमा गए यसको घाटा गठबन्धनलाई नै पर्छ । गठबन्धन अघि बढाउने हो भने बन्दसूची संशोधन हुनुपर्छ । २३ गतेबाट हुने उम्मेदवारमा पनि न्यायोचित टिकट वितरण हुनुपर्छ । हाम्रो टिकट वितरणमा न्याय भएन ।’

नेता शिवाकोटीले असोज २३ गतेबाट हुने प्रत्यक्षतर्फको टिकट वितरणमा पनि न्यायोचित हुन नसके बिरोध थप चर्किने बताउनु भयो । बिहीवार काठमाडौंस्थित एक होटलमा कोईराला पक्षधरका नेताहरुले चियापान र दशैँ,तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका थिए । चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।