१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँ नजिकिएपछि गाउँ–गाउँमा सरसफाइ



file
अ+ अ-

टीकापुर । हिन्दूहरूको महान् पर्व दसैँ नजिकिएपछि कैलालीका गाउँ–गाउँमा सरसफाइ गर्न थालिएको छ । नागरिकहरु स्वस्फूर्तरुपमा आफ्नो गाउँ सफा राखौँ भनी वर्षात्मा भएको झाडी तथा सडका सफा गर्न थालेका हुन् ।

टीकापुर १ बनगाउँ दक्षिणपुरुवामा दशैँको तयारी र डेङ्गुलगायत रोगबाट बच्न सहयोग पुग्ने भन्दै सडक सफा गरिएको हो । वडघरका खुशीराम चौधरीले लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट बच्न र गाउँ सफा राख्न स्थानीयवासी आफैँले सफाइ गर्न थालेको बताउनुभयो ।

सरसफाइमा महिला पुरुषसहित करिब डेढ सय सहभागी थिए । स्थानीयवासीले करिब दुई किलोमिटर सडक सफा गरेको उहाँले बताउनुभयो । “हामीले हरेक वर्ष चाडपर्वका समयमा सरसफाइ गर्ने गरेका छौँ, सडकमा रहेका खाल्डाखुल्डी पुर्नाका साथै सडकमा रहेका झारपात काटेका हौँ’’, उहाँले भन्नुभयो, “हामीले सडक तथा कुला मर्मतका साथै सफा पनि गर्दै आएका छौँ ।”

सरसफाइमा सहभागी सुस्मिता चौधरीले गाउँघर सफा भएमा चाडपर्व रमाइलो हुने भएकाले आफू पनि सरसफाइमा सहभागी भएको बताउनुभयो । “वर्षात्मा परेका खाल्डाखुल्डीसमेत पुर्न थालेका छौँ, यस वर्ष एक साताअघिसम्म पानी परिरहेकाले जताततै पानी जमेको छ । पानी जमेका ठाउँमा लामखुट्टे जन्मने भएकाले पुर्न थालेका हौँ”, उहाँले भन्नुभयो, “सरसफाइ गरेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुलगायत रोग र अन्य रोगबाट समेत बच्न सकिन्छ ।”

उता जानकी गाउँपालिका–४ कञ्चनपुरमा समेत स्थानीयवासीले सरसफाइ गरेका छन् । कञ्चनपुरमा रहेका तीनवटा विद्युत् सहकारी संस्थाका उपभोक्ताले करिब चार किलोमिटर सडक सरसफाइ गरेका हुन् । रोशनी, शिवप्रकाश र जगन्नाथ विद्युत् सहकारी संस्थाका करिब पाँच सय उपभोक्ताले टोल–टोलमा मिलेर सरसफाइ गरेका हुन् ।

“उपभोक्ताले दशैँको स्वागतका लागि घरआँगन तथा सडक सरसफाइ र सडक छेउमा रहेका झालापाताले विद्युत् आपूर्तिमा करेन्ट लाग्नेजस्ता समस्याबाट बच्न सरसफाइ गरेका हुन्”, स्थानीय अगुवा परशुराम महतोले भन्नुभयो, “यसका साथै विभिन्न सरुवा रोगबाट बच्नसमेत सहयोग पुग्छ । हामीले धानखेती भित्र्याउने समयअघि सडकमा रहेका खाल्डाखुल्डी पुर्न सल्लाहसमेत गरेका छौँ ।”

सरसफाइ नहुँदा सडकभरि झारपातले भरिएका थिए । सडकमा भएका अनावश्यक झारपात र फोहर व्यवस्थापन गरिएको जानकी–४ का तेतरानी चौधरीले बताउन्ुभयो । “हामीले सबैलाई घरआँगन पनि सफा गर्न भनेका छौँ, साथै हामी पनि सरसफाइमा खटेका छौँ । अब नियमित सरसफाइ गर्ने सल्लाहसमेत भएको छ ।”यसका साथै नागरिकलाई सडकमा गाईवस्तु नबाँध्न आग्रह गरिएको छ । सडकमा गाईवस्तु बाँध्दा दुर्गन्धित हुनाका साथै सडक दुर्घटना बढ्ने भएकाले सो आग्रह गरिएको तेतरानीले बताउनुभयो ।