३ पुष २०८१, बुधबार
,
Latest
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह निजामति सेवा ऐन कसैको प्रभाव र दबाबमा नपरी पास हुनुपर्छः सांसदहरु मिडल अर्डरमा राम्रो गर्न सकेनौं–जनकपुरका कप्तान आसिफ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छः कानूनमन्त्री चौरसिया यी हुन् विश्वकै पाँच पुराना विश्वविद्यालय नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार–२०८० घोषणा इरानमा हिजाबसम्बन्धी कडा विधेयकमा सुधार गर्न सांसद्हरूद्वारा आग्रह उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइनः उर्जामन्त्री खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर कोइराला समूहको चियापान



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतरले काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका शीर्ष नेता उपस्थित छन् । साथै पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू पनि चियापान कार्यक्रममा पुगेका छन् ।

शेखर कोइराला समूहले पार्टीलाई खबरदारी गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा दिएको धर्नामा सहभागी नभएका नेताहरु पनि चियापान कार्यक्रममा सहभागी भएका छन् । चियापान कार्यक्रमलाई पनि शेखर समूहले खबरदारीकै निरन्तरता भनेको छ ।

चियापानमा सहभागी अधिकांश नेता कार्यकर्ताले आसन्न चुनावमा उम्मेदवार बन्नबाट वञ्चित भएको भन्दै गुनासो पोखेका छन् । समानुपातिकको बन्दसूचीमा पनि आफ्नो नाम नपरेको साथै प्रत्यक्षमा पनि सम्भावना कमजोर हुँदै गएको भन्दै पहल गरिदिन शेखर, गगन र धनराजसमक्ष उनीहरुले आग्रह गरेका छन् ।

बुधबार विद्रोही समूहले समान अवसर र समान न्यायका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा धर्ना दिएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ ।

विद्रोही पक्षले समानुपातिक सूचीमा नाम सच्याउन माग गर्दै आएको छ । विद्रोही पक्षले समानुपातिक सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने माग गरेको छ ।

संस्थापन पक्षले आफूहरुको मागलाई बेवास्ता गरिरहे र समानुपातिक सूची नसच्याए असोज १४ गतेदेखि पार्टी नेतृत्वप्रति कठोर निर्णय लिने नेता केसीले जानकारी दिनुभएको छ ।