• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता ★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली

शेखर कोइराला समूहको चियापान



काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतरले काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका शीर्ष नेता उपस्थित छन् । साथै पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू पनि चियापान कार्यक्रममा पुगेका छन् ।

शेखर कोइराला समूहले पार्टीलाई खबरदारी गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा दिएको धर्नामा सहभागी नभएका नेताहरु पनि चियापान कार्यक्रममा सहभागी भएका छन् । चियापान कार्यक्रमलाई पनि शेखर समूहले खबरदारीकै निरन्तरता भनेको छ ।

चियापानमा सहभागी अधिकांश नेता कार्यकर्ताले आसन्न चुनावमा उम्मेदवार बन्नबाट वञ्चित भएको भन्दै गुनासो पोखेका छन् । समानुपातिकको बन्दसूचीमा पनि आफ्नो नाम नपरेको साथै प्रत्यक्षमा पनि सम्भावना कमजोर हुँदै गएको भन्दै पहल गरिदिन शेखर, गगन र धनराजसमक्ष उनीहरुले आग्रह गरेका छन् ।

बुधबार विद्रोही समूहले समान अवसर र समान न्यायका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा धर्ना दिएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ ।

विद्रोही पक्षले समानुपातिक सूचीमा नाम सच्याउन माग गर्दै आएको छ । विद्रोही पक्षले समानुपातिक सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने माग गरेको छ ।

संस्थापन पक्षले आफूहरुको मागलाई बेवास्ता गरिरहे र समानुपातिक सूची नसच्याए असोज १४ गतेदेखि पार्टी नेतृत्वप्रति कठोर निर्णय लिने नेता केसीले जानकारी दिनुभएको छ ।