• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा

समान न्याय र अवसरका लागि नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालयमा डा.शेखर समुहको धर्ना(भिडियोसहित)



काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईराला पक्षीय समूहले पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै कोईराला पक्षधर नेता कार्यकर्ताहरुले बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएका हुन् ।

धर्नामा सहभागि नेताहरुले आसन्न प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि समानुपातिकको बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेकाले धर्नामार्फत खबरदारी गर्नुपरेको बताएका छन् । नेपाली काँग्रेसका नेता जगदिश नरसिंह केसीले पार्टीभित्र सबैलाई न्याय र समान अवसर हुनुपर्ने आफूहरुको मनशाय रहेको बताउनु भयो ।

उहाँले शेखर कोईराला पक्षका नेताहरुको नाम समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित नहुनेगरी बन्द सूचीमा राखिएको बताउनु भयो । उहाँले समानुपातिक बन्द सूचीमा रहेका नामहरु सच्याउनुपर्ने र प्रत्यक्षमा टिकट दिँदा पनि संस्थापनइतर समूहलाई समान अवसर दिनुपर्ने आफूहरुको माग रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘समान न्याय र अवसरका लागि, पार्टी भित्र सबैलाई न्याय होस् । सबैले समान अवसर पाउन् भन्ने नै हाम्रो मनशाय हो । जुन परिस्थिति सिर्जना भयो । समानुपातिकको नामावली सूचीपछि हामीलाई अलिकति सशंकित बनायो । किनभने समानुपातिक सूचीमा जसरी नाम राखिएको छ । निर्वाचित नहुनेगरी केही साथीहरुको नाम छ । त्यसको अर्थ नाम झुन्डियाइदिएको छ, तर त्यो नाम निर्वाचित हुन सक्दैन । त्यसको अर्थ के हो भने शेखर समूहको अथवा पार्टीको इतर समूहको समानुपातिकमा पनि कोही पनि निर्वाचित नहोस् र भोली प्रत्यक्ष टिकट दिँदा पनि हरेक ठाउँमा त्यही ढंगले अन्यायपूर्वक निर्णय हुन थाल्यो भने त्यसलाई हामीले पार्टीका नेताहरुलाई सचेत गराएका हौँ ।

पार्टीभित्र त्याग, तपस्या, बलिदानी, निष्ठा, आदर्श, लोकप्रियता, जनप्रियता, जनताको बिचमा रहेका, टिकट दिँदा त्यस्ता मान्छेले पाउनुपर्छ । टिकट दिँदा कोही समूहका नाममा, आफ्नो मान्छेका नाममा बलजफ्ती थोपर्नु हुन्न । टिकट दिदाँ जनप्रिय मान्छे, चुनाव जित्न सक्ने मान्छे चाहिन्छ भन्ने हाम्रो मान्यता हो । समानुपातिक सूची नसच्याउने संस्थापन पक्षको एक भए हाम्रो दुई हुनुप¥यो । उहाँहरुको तीन भए हाम्रो चार हुनुप¥यो । यसरी सच्याउनुपर्छ भन्ने हाम्रो पार्टीलाई आग्रह हो । अनुरोध हो ।’

नेपाली काँग्रेसका नेता अजयबाबु शिवाकोटीले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची हेर्दा संस्थापनइतर समूहलाई बाहिर राख्ने प्रयास गरेको देखिएको बताउनु भयो । उहाँले बन्द सूचीको नाम नसच्याइएमा पार्टी सक्किने बाटोमा जाने बताउनु भयो । उहाँले भन्नुभयो – ‘निर्णय प्रक्रियाबाट एउटा पक्षलाई बाहिर राख्ने प्रयास जस्तो देखियो । समानुपातिकको बन्दसूचीको लिस्टबाट । यसमा आम कार्यकर्ताको दबाब सच्याउनुपर्छ भन्ने छ । सच्याइएन भने यसले पार्टीलाई सकाउने बाटोमा लान्छ ।’

काँग्रेस नेता भूपेन्द्रजंग शाहीले नेपाली काँग्रेस कसैको व्यक्तिगत पार्टी नभएको टिप्पणी गर्नुभयो । उहाँले पार्टीको अधिवेशनमा अरुलाई भोट दिएको आधारमा नेताहरुको राजनीतिक हत्या गर्न खोजिएको भन्दै यस्तो कामले पार्टीलाई कमजोर बनाउने बताउनु भयो । उहाँले भन्नुभयो – ‘समान अवसर र न्यायको खाँचो छ । यो कसैको व्यक्तिगत पार्टी होइन ।

यो पार्टीमा लाग्ने हरेकको यो पार्टीमा उत्तिकै अधिकार छ र हरेक कार्यकर्ताको मूल्यांकन हुन जरुरी छ । मापदण्ड बनाउनु जरुरी छ । हिजो त्याग गरेका मानिसहरुले अधिवेशनमा कसलाई भोट दिए, कसलाई भोट दिएनन् भन्ने आधारमा उनीहरुको राजनीति सक्न खोज्ने, उनीहरुको राजनीतिक हत्या गर्न खोज्ने, उनीहरुलाई किनारामा लाउन खोज्ने काम भइरहेको छ । यो कुराले नेपाली काँग्रेसलाई थप कमजोर बनाउँछ । पार्टीलाई बलियो बनाउन सक्दैन भन्ने हाम्रो कुरा हो ।’

उहाँले पार्टी भित्र हरेक कार्यकर्ताहरुको मूल्यांकन गर्ने मापदण्ड बनाउनु जरुरी रहेको बताउनु भयो ।