२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्छः पशुपति समशेर जबरा(भिडियोसहित)



अ+ अ-

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले नेपालीहरु सबै मिलेर ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी निर्वाचन देशको भविष्यको निर्वाचन भएकाले सबैले मिलेर जनमतबाट ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले आगामी निर्वाचनबाट देशलाई विकासको अभियानमा जोड्नुपर्ने बताउनु भयो ।

नेता जबराले मुलुकलाई उज्यालो दिशामा लैजान आफू सदैव लागिरहने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, ‘हामी सबै मिलेर ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्नेछ । यो अति भयो, नेपाली जनताले यस्तो समस्या सहने कुराको अन्त्य हुन आवश्यक छ । यसपालिको चुनाव चानचुने चुनाव होइन, यो मुलुकको भाग्य ठेगान गर्ने चुनाव हो । यो पालि अरुबेला जस्तो होइन, फेरबदल गर्ने हो ।’

‘धेरै वर्ष अघि एउटा ठूलो आशा लिएर महाकाली सन्धी गरेको थिएँ । यत्तिका वर्ष त्यो थन्कियो । यो पाली त्यो पुरानो तागत दराजबाट निकाली यसलाई स्वरुप दिने रुपमा अघि बढ्नेछौँ । हामी सबै मिलेर पञ्चेश्वरलाई मूर्त स्वरुप दिनेछौँ । अब पञ्चेश्वर मात्रै होइन, पश्चिम सेती लगायतका योजनालाई पनि मूर्त रुप दिनेछौँ । यो मुलुक अब विकासको छायाँमा रहन सक्दैन । अब यो मुलुकलाई उज्योलो दिनुपर्छ ।’

उहाँले देशलाई अब राप्रपाले अपार उन्नतीको बाटोमा लैजाने दाबी गर्नुभयो । उहाँले राप्रपा अब मुलुकको नयाँ बिहानीको लागि अघि सर्ने स्पष्ट पार्नुभयो ।