९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्छः पशुपति समशेर जबरा(भिडियोसहित)

ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्छः पशुपति समशेर जबरा(भिडियोसहित)
अ अ+ अ-

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले नेपालीहरु सबै मिलेर ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी निर्वाचन देशको भविष्यको निर्वाचन भएकाले सबैले मिलेर जनमतबाट ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले आगामी निर्वाचनबाट देशलाई विकासको अभियानमा जोड्नुपर्ने बताउनु भयो ।

नेता जबराले मुलुकलाई उज्यालो दिशामा लैजान आफू सदैव लागिरहने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, ‘हामी सबै मिलेर ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्नेछ । यो अति भयो, नेपाली जनताले यस्तो समस्या सहने कुराको अन्त्य हुन आवश्यक छ । यसपालिको चुनाव चानचुने चुनाव होइन, यो मुलुकको भाग्य ठेगान गर्ने चुनाव हो । यो पालि अरुबेला जस्तो होइन, फेरबदल गर्ने हो ।’

‘धेरै वर्ष अघि एउटा ठूलो आशा लिएर महाकाली सन्धी गरेको थिएँ । यत्तिका वर्ष त्यो थन्कियो । यो पाली त्यो पुरानो तागत दराजबाट निकाली यसलाई स्वरुप दिने रुपमा अघि बढ्नेछौँ । हामी सबै मिलेर पञ्चेश्वरलाई मूर्त स्वरुप दिनेछौँ । अब पञ्चेश्वर मात्रै होइन, पश्चिम सेती लगायतका योजनालाई पनि मूर्त रुप दिनेछौँ । यो मुलुक अब विकासको छायाँमा रहन सक्दैन । अब यो मुलुकलाई उज्योलो दिनुपर्छ ।’

उहाँले देशलाई अब राप्रपाले अपार उन्नतीको बाटोमा लैजाने दाबी गर्नुभयो । उहाँले राप्रपा अब मुलुकको नयाँ बिहानीको लागि अघि सर्ने स्पष्ट पार्नुभयो ।