२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत भेटिइन्



अ+ अ-

काठमाडौं । विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत भेटिएकी छन् । मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी अमेरिकी नागरिक नेल्सनको आज बिहान शव फेला परेको हो ।

मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् ।

उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको बताएपछि हेलिकप्टर त्यसतर्फ पठाइएको छ । हेलिकप्टरमार्फत् शवलाई गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने बताइएको छ ।