१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइराला समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिदै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहले आज मध्यान्न १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ ।

कोईराला समूहले चियापानसहित खबरदारी सभासमेत गर्ने भएको छ । खबरदारी सभालाई सशक्त बनाउन असोज १३ गते बिहान ८ बजे अनुपम फुडल्याण्डमा चियापान कार्यक्रम सहित अन्तरक्रिया कार्यक्रम राखेको छ ।

सो समूहले बेलैमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको शक्ति समीकरणमा ध्यान नदिए कठोर निर्णय लिने चेतावनी दिएको छ ।

सो समूहले समानुपातिक सूचीमा नाम सच्याउन माग गर्दै आएको छ । विद्रोही पक्षले समानुपातिक सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने माग गरेको छ ।