• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

पोर्चुगललाई हराउँदै स्पेन फाइनल फोरमा



एजेन्सी । स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ ।

स्टेडियो म्युन्सिपल ब्रागामा मंगलबार राति भएको खेलमा स्पेनले घरेलु टोली पोर्चुगललाई १–० ले पराजित गर्दै फाइनल फोरमा स्थान पक्का गरेको हो ।

स्पेनको जितमा खेलको अन्तिम समयमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । उनले ८८औं मिनेटमा गोल गरे ।

यही समूहको अर्को खेलमा स्वीट्जरल्यान्डले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ ।

यसअघि क्रोएसिया, नेदरल्यान्ड्स र इटालीले फाइनल फोरमा स्थान बनाइसकेका छन् ।