७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 27.29

Wind: 4.12

Humidity: 44

Latest
मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग ‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’ कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ: अध्यक्ष ढकाल प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो नासाका सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा नेतालाई गिरफ्तार गरियो, अविलम्ब छाडियोस्ः राप्रपा पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाटै पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचाररत निवर्तमान मन्त्री आलेले बेडबाटै दिए मुटुरोगीलाई सहयोग



अ+ अ-

काठमाडौँ । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि मुटुरोगको समस्याबाट पीडित बन्नु भएकी डोटीको आर्दश गाउँपालिका–५ बस्ने गोरे सिलालकी ७ वर्षीया छोरी पवित्रा सिलालको उपचारका लागि आज आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

डेङ्गी तथा निमोनिया रोगले आफै काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा आफ्नो उपचार गराइ रहनुभएका निर्वतमान मन्त्री आलेले मुटुरोग पीडित निज बालिका तथा उहाँका आफन्तलाई अस्पतालमै बोलाएर आर्थिक सहयोग प्रदान गर्नु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभएको हो ।

बिसं २०७८ सालदेखि मुटुरोगले पीडित बनेकी निज बालिकाको उपचारमा समस्या भएको जानकारी पाएपछि निर्वतमान मन्त्री आलेले केही महिना पहिले रु १५ हजार तथा आज रु २० हजार गरी कुल रु ३५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको मुटुरोग पीडित बालिकाका बुवा गोरे सिलालले बताउनुभयो । उहाँले भन्नुभयो, “मुटुरोगको समस्याले छोरीको उपचारमा समस्या भएको थियो, पूर्व मन्त्री ज्यूले हामीलाई उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ, हामी सरै खुशी छौँ, उक्त सहयोगले मेरो छोरीको उपचारका केही हद सम्म भएपनि सहज हुने छ ।”

आफु विरामी भएर अस्पताल भर्ना भएपनि छोरीको उपचारका लागि आर्थिक सहयोग गरेकोमा खुशी जनाउँदै गोरे सिलालले सामाजिक सञ्जाल मार्फत पूर्व मन्त्री आलेलाई धन्यवाद समेत व्यक्त गरेका छन् । निर्वतमान मन्त्री आलेले डोटी सहित समग्र सुदूरपश्चिमका नागरिकहरु विरामी पर्दा आर्थिक सहयोग दिँदै आउनु भएकाले त्यहाँका नागरिकहरु विरामी पर्दा पूर्वमन्त्री आलेकै घरमा धाउने गरेका छन् ।