९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

शेखर समूहलाई संस्थापनको चेताबनी: अनुशासन बाहिरका गतिविधिहरूलाई पार्टीले नजिकबाट नियाली रहेका छौ(भिडियोसहित)

शेखर समूहलाई संस्थापनको चेताबनी: अनुशासन बाहिरका गतिविधिहरूलाई पार्टीले नजिकबाट नियाली रहेका छौ(भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची सहमतिमा तयार पारेको दाबी गर्नुभएको छ ।

मंगलवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो दाबी गर्नुभएको हो । उहाँले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय आम सहमतिबाट भएको र यसमा असहमतिबाट पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु संलग्न रहेको बताउनु भयो ।

उहाँले समानुपातिक तर्फको बन्दसूचीमा कुनै एक पक्षको पक्षपोषण र अर्को पक्षको कमजोर पार्ने काम नभएको दाबी गर्दै एकलौटी गरियो, छलफल नै भएन भन्नेकुरामा कुनैपनि सत्यता नरहेको जिकिर गर्नुभयो । प्रवक्ता महतले केही सदस्यहरुले पार्टीले एउटा पक्षलाई पोस्ने काम गरेको छ भन्दै हिँड्नु वाञ्छनीय नभएको र यस बारेमा पार्टीले नजिकबाट क्रियाकलापहरु नियालीरहेको बताउनु भयो ।

उहाँले संस्थापन इतर (डा.शेखर कोईराला) पक्षप्रति इंगित गर्दै समानुपातिक पद्धतितर्फ एकलौटी गरेको भए नेताहरुले आफैँ बोल्नुपर्ने तर अहिलेसम्म नबोलेकोबाट पनि सहजै सबै संलग्न भएर सर्वसम्मत रुपमा समानुपातिक पद्धतितर्फको बन्दसूची बुझाएको दाबी गर्नुभयो । उहाँले केही नेताहरुले कार्यकर्ताहरुलाई अन्योलमा राख्ने काम गरिरहेको आरोप लगाउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘यसमा कुनै सत्यता छैन । सम्पूर्ण निर्णय आम सहमतिबाट पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु, आमन्त्रित नेता गण, प्रदेशका सभापतिहरुलाई समावेश गरेर सातै प्रदेश छुट्याएर, अग्रणी नेताहरु सामेल भएर सूची पेस गरिएको छ, त्यहाँ कतिपय त्रुटी छन् तर पनि त्यो एउटा पक्षलाई पक्षपोषण गर्न वा अर्कोलाई कमजोर गर्ने हिसावले कहीँ कतै भएको छैन । त्यसकारण त्यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल नै भएन भन्नेकुरामा कुनैपनि सत्यता छैन ।

अहिले हामी यस्तो गर्दछौं, उस्तो गर्दछौँ भन्ने अभिव्यक्ति आएका छन् त्यो वाञ्छनीय होइन, सबै निर्णय सहमतिबाट नै भएको छ । गठबन्धनका कारण कतिपय साथीहरुलाई समावेश गर्नुपर्ने कारणले परिमार्जन हुनसक्छ होइन भने पक्ष, विपक्षको आधारमा कुनेपनि भेदभाव भएको छैन, यो सबै नेतागणलाई थाहा छ, यो पार्टीको अधिवेशनमा सभापतिमा लड्नुभएका सभापतिहरुलाई थाहा छ । यो निर्णयप्रक्रियामा सम्पूर्ण नेतागण हुनुहुन्छ, उहाँहरुले त बोलेको देखेको छैन, यदी त्यस्तो भएको भए नेताहरु नै हुन्थ्यो होला नि । त्यो त छैन, यो टाढा रहने नेता, कार्यकर्तालाई अन्योलमा राख्ने काम भएको छ ।’

प्रवक्ता महतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाउनु भयो । उहाँले दुईपटकसम्म संसदले पारित गरेर राष्ट्रपतिसम्म पु¥याउँदा पनि त्यसलाई हस्ताक्षर गरेर नफर्काउनु दुर्भाग्यपूर्ण रहेको जिकिर गर्नुभयो । प्रवक्ता महतले नागरिकता विधेयक प्रमाणीकरण नगरेर निर्वाचनको मुखमा यसलाई राजनीतिक रङ्ग दिने कोशिस भएको आरोप लगाउनु भयो । उहाँले यो विषय निर्वाचनको बेलामा वहसको विषय बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिकता विधेयक सम्बन्धी विषय छ, यो विषय नयाँ विषय होइन, ओलीजीको पालामा पनि त्यो अध्यादेशमार्फत राष्ट्रपतिजीले त्यसलाई तत्काल नै स्वीकृत गरेको थियो । अदालतले त्यसबेलामा संसदबाट नै छलफल गरेर यसलाई टुंगो लगाउनुपर्छ भनेर त्यसबेलामा त्यो लागू नभएको हो । नेपाली काँग्रेसको नेतृत्वमा सरकार आएपछि यो प्रक्रियालाई हामीले संसदमा अघि बढायौँ । एकपटक मात्रै नभइ दुईपटकसम्म संसदले पारित गरेर राष्ट्रपतिसम्म पु-याउँदा पनि त्यसलाई हस्ताक्षर गरेर नफर्काउनु यो दुर्भाग्यपूर्ण छ । यो संविधानको ठाडो उल्लंघन भएको हाम्रो निस्कर्ष छ । जुन बाउआमाले नेपालको संविधानअनुसार नागरिकता प्राप्त गरिसके उनीहरुको छोराछोरी उमेर पुगेपछि संविधानकै व्यवस्था अनुसार नागरिकता प्राप्त गर्ने मौलिक अधिकार हो । त्यसकारण नागरिकता विधेयकलाई तत्त्काल हस्ताक्षर गर्नुपर्नेमा नगरेकोमा ठाडो संविधानको उल्लंघन भएको हामीले महशुस गरेका छौँ । निर्वाचनको मुखमा यसलाई राजनीतिक रङ्ग दिने कोशिस भएको छ । नेपाली जनतामा भ्रमको खेती गर्ने कोशिस भएको छ । यो निर्वाचनको बेलामा वहसको विषय हुन्छ ।’

प्रवक्ता महतले सरकारमा भएकै कारणले निर्वाचन प्रक्रियामा निर्वाध रुपमा सहभागी हुने र प्रचार अभियानमा सक्रिय हुने कुरालाई कम गर्न नमिल्ने बताउनु भयो । उहाँले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहीताप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाली काँग्रेस निर्वाचन आयोगको उक्त आचारसंहीताप्रति गम्भीर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले जुन निर्वाचन आयोगले आचारसंहिताको कुरा गरेको छ, व्यवस्था गरेको छ, जसमा प्रधानमन्त्री, मन्त्रीहरुले पनि स्वभाविक रुपमा सुरक्षा, संवेदनशीलता हुन्छ । सुरक्षा संवेदनशीलताको कारणले त्यो किसिमको प्रवन्ध, सुरक्षाको लागि पनि गर्नुपर्ने हुन्छ, त्यो संसारभरकै व्यवस्था हो, नेपालमा कुनै विशेष व्यवस्था गरिएको होइन, संसारभर नै जहाँपनि निर्वाचन पद्धति छ, सरकारमा भएकै कारणले निर्वाचन प्रक्रियामा निर्वाध रुपमा सहभागी हुने र प्रचार अभियानमा सक्रिय हुने कुरालाई कम गर्न मिल्दैन । यसतर्फ पनि हामीले निर्वाचन आयोगलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

प्रवक्ता महतले आगामी निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेसको उम्मेदवारहरुले गठबन्धनलाई सफल बनाउन लागि पर्ने हो भने आगामी निर्वाचनपछि नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनु भयो । उहाँले आगामी निर्वाचन पछि बन्ने नेपाली काँग्रेसको सरकारले नै देशमा सुशासन, लोकतान्त्रिक संस्थालाई मजबुतिकरण, समृद्धि, विकास, युवा रोजगारीको पहुँचमा आम जनतालाई पु¥याउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको उम्मेदवारहरु र सँगै यो गठबन्धनलाई सफल बनाउन हामी लाग्नेछौँ । त्यो भयो भने आउने दिनमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्नेछ । यसले सुशासन, लोकतान्त्रिक संस्थालाई मजबुतिकरण, समृद्धि, विकास, युवा रोजगारीको पहुँचमा आम जनतालाई पु-याउनेछ ।’

प्रवक्ता महतले ५ दलीय गठबन्धनलाई अन्तिम रुप दिने काम भइरहेको र दुई दिन भित्र नै सिट बाँडपफाँटको टुंगो लाग्ने दाबी गर्नुभयो ।