• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

यसपटकको चुनाव लडाईं हो, एमालेले जितेर सरकार बनाउँछ: ईश्वर पोखरेल



काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाईंको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उहाँले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रुपमा मात्रै ठान्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो –‘यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्न हुँदैन । यसपटकको निर्वाचन लडाईंको रुपमा हाम्रो अगाडि छ, जुन लडाईं हामीले जित्नैपर्छ । जित्नैपर्ने लडाईंको रुपमा हामी यो निर्वाचनमा छौं ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने उद्घोष गर्नुभयो । ‘गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य छैन् । यो गठबन्धनको उद्देश्य एमालेलाई समाप्त गर्न चाहने मात्रै हो । यो गठबन्धनको आपराधिक षडयन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ ।’– उहाँले भन्नुभयो । उहाँले पाँचदलीय गठबन्धनको कुनै भविष्य नरहेको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनको परिणामलाई जोड्दै उहाँले भन्नुभयो– स्थानीय तहको निर्वाचनमा गठबन्धनले एमालेलाई भित्तामा टाँसिदिन्छु भनेका थिए, टर्च बालेर खोज्नपर्छ भनेका थिए । तर, जनताको सबैभन्दा लोकप्रिय मत प्राप्त गर्ने एमाले सबैभन्दा ठूलो पार्टी बन्यो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने बताउनुभयो । उहाँले एकलाख भन्दा बढी विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेको बताउनुभयो । ‘९ लाख सदस्य भएको पार्टीलाई कसैले पराजित गर्न सक्दैन् । त्यसैले एमालेले बहुमत ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउँछ’– पोखरेलले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले उमेरले युवा र बुढो नहुने बताउनुभयो । ‘केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम छैन् । केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन् । केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन् ।’

नेपालको राजनीतिमा युवा र खेलकुद क्षेत्रलाई सबैभन्दा पहिला अगाडि बढाउने पार्टी नेकपा ९एमाले० भएको उहाँको भनाइ छ । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पहिलोपटक युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेको उहाँले स्मरण गराउनुभयो । पोखरेल अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो ।