२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले भोलिदेखि आचारसंहिता लागू गर्ने



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आयोगले भोलि असोज १२ गते बुधवारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

आइतबार आयोगले प्रधानमन्त्री, गृहमन्त्री र राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिलाई बोलाएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन आचारसंहिता पालनाका लागि प्रतिबद्धता लिएको थियो ।