२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य– मुख्यमन्त्री राई



file
अ+ अ-

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ ।

मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेश नं १ का महत्वपूर्ण पर्यटकीयस्थल समेटिएको पुस्तकको विमोचन कार्यक्रममा पर्यटन क्षेत्रमा हुने लगानीले छिट्टै प्रतिफलको रुपमा विदेशी पर्यटक आगमन वृद्धि भई विदेशी मुद्रा सञ्चित बढ्नुका साथै एवं रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रमा पर्यटक आगमन वृद्धि गर्न यहाँका नागरिकको मौलिक संस्कृतिको प्रवद्र्धन एवं पूर्वाधार विकासमा लगानी गर्ने धारणा राख्नुभयो ।

उहाँले पर्यटक गन्तव्यस्थलको विकास गर्न ठोस् योजना र डिपिआर तयार गर्ने कार्य सरकारले गरिरहेको जानकारी दिनुहुदै पर्यटन प्रवद्र्धनमा घरबास, होटल तथा पर्यटन व्यवसायी तथा एजेन्सीलाई कामगर्दा आइपर्ने बाधा एवं अवरोध हटाउन आवश्यक ऐन कानुनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले यस क्षेत्रको पर्यटन विकासमा सहयोग गरिरहनुभएका पर्यटन व्यवसायी, होटल, घरबास सेवा प्रवाह गर्ने संस्थाको दर्ता नवीकरण गर्ने कार्य अव अनलाइनमार्फत सेवा प्रदान गरिएकोले कुनै कठिनाइ नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री जयराम यादवले नेपालमा आउने भारतीयले थोरै रकमबाट यस क्षेत्रका धेरै स्थानमा भ्रमण सकिने र यहाँ कुनै किसिमको कठिनाइ नहुने भएकाले सम्पूर्ण परिवार एवं साथीभाइसँग आउन आग्रह गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री राईले भारत पश्चिम बङ्गालबाट आएका ३० जना पर्यटक, विराटनगरका पर्यटन व्यवसायी पुण्य भट्टराई, झापा विर्तामोडका होटल व्यवसायी देवीभक्त श्रेष्ठ, सामुदायिक घरवासका उपाध्यक्ष एकराज घिमिरे र नेपाल पत्रकार महासङ्घका प्रदेशका सभापति लीलाबल्लभ घिमिरेलाई सम्मान गर्नुभयो ।

यसैगरी मुख्यमन्त्री राईले होटल व्यवसायी, पर्यटन व्यवसायी र घरवासको दर्ता, नवीकरणको अनलाइन प्रणालीको समेत शुभारम्भ गर्नुभयो ।