१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

ह्विलचियरको सहारामा घरखर्च

ह्विलचियरको सहारामा घरखर्च
अ अ+ अ-

दकोट । बेह्विलचियर खुद्रा सामानले भरिभराउ छ । अगाडिपट्टी पानीका बोतल, नजिकै चाउचाउ, बिस्कुटका कार्टुन राखिएका छन् । ह्विल चियर पछाडि फलाम छोडेर सामान झुण्ड्याउने बनाइएको छ । भीमदत्त नगरपालिका–४ स्थित बसपार्कमा देखिने ह्विल चियरमा सानो कालो झोला भिरेर बसेका भेटिनुहुन्छ– ५० वर्षीय तेजबहादुर रावल ।

शारीरिक रुपमा अशक्त मानिस ह्विल चियर, फलामे छडलगायत साधनलार्ई आफ्नो हिँडडुलको सारथीको रुपमा प्रयोग गर्छन् तर उहाँले भने ह्विलचियरलाई हिँडडुलको साधन मात्रै होइन, परिवार पाल्ने सहारा पनि बनाउनु भएको छ । रावलले एक दशकभन्दा बढी समयदेखि ह्विलचियरमा खुद्रा सामान बेचेर घरखर्चको जोहो गर्दै आउनु भएको हो ।

“विसं २०६२÷६३ को जनआन्दोलनका क्रममा डडेल्धुरामा उहाँको कम्मर भाँचियो, मेरुदण्डमा रड राखिएको छ, खुट्टाले काम नगर्दा उभिनै सक्नुहुँदैन, हातमा पनि रड छ,” रावलले भन्नुभयो, “छोराछोरीले ह्विलचियरमा राख्ने÷उतार्ने गर्छन्, त्यसमै थोरै सामान राखेर बसपार्कमा बेचेर घरखर्च चलाएको छु ।”

डडेल्धुराको अमरगढी नगरपालिका–६ का उहाँ महेन्द्रनगरमा परिवारसहित कोठा भाडामा लिएर बस्नुहुन्छ । विसं २०४२ मा तराई झर्नु भएका रावल जनआन्दोलन पूर्व महेन्द्रनगरबाट पहाडी जिल्लामा बस चलाउनुहुन्थ्यो ।
आन्दोलनमा घाइते हुनुभएका उहाँले उपचारको लागि खर्च कम भएर त्यस बेला बस बिक्री गर्नुभयो ।

विसं “२०६५ मा अस्पतालबाट घर पठाउने भएपछि महेन्द्रनगर बसपार्कमा ठेलामा व्यापार सुरु गरँे, सडक छेउ, बसपार्कभित्र ठेला राख्थँे, त्यो बेला ठेलाबाटै राम्रै कमाइहुन्थ्यो,” उहाँ भन्नुहुन्छ,“केही वर्षपछि ह्विलचियरमै सामान राखेर बेच्न थालेको हुँ ।” रावल बिहानै डेराबाट सामान भरिएको ह्विलचियर लिएर बसपार्क निस्किनुहुन्छ । दिनभर बसपार्कमा ह्विलचियर घुमाउँदै सामान बेच्ने उहाँको दिनचर्या नै हो ।

दिनभरी ह्विचियरमा सामान बेचेर दुई हजारदेखि तीन हजारसम्मको कारोबार हुने गरेको रावल सुनाउनुहुन्छ । “बसपार्कभित्रका यात्रु, गाडी चालक, साहु ग्राहक हुन, दैनिक दुई÷तीन हजारको सामान बिक्री हुन्छ,” उहाँ भन्नुहुन्छ, “दैनिक रु पाँच सय सहकारीमा जम्मा गर्छु, खान लाउनलाई पुगेको छ ।”

ह्विलचियरमै सामान बिक्री गरेर कमाएको पैसाबाटै तीन छोरी र दुई छोरालाई बोर्डिङ स्कुलमा अध्यापन गराउन सकिएको रावलको भनाइ छ । “जेठी छोरीको बिहे गरेर अन्माइसकँे, अर्का दुई छोरी र एक छोराले कक्षा १२ पास गरेका छन्, कान्छा छोरा अहिले कक्षा ११ मा पढ्छन्,” उहाँ भन्नुहुन्छ, “सबै सन्तानलाई कक्षा १० सम्म बोर्डिङ स्कुल पढाएको थिएँ ।”

छोराछोरीले रोजगारी पाएमा परिवारलाई सहारा हुने रावलकोे विश्वास छ । “पढेलेखेकाले पनि रोजगारी पाएका छैनन्, केही काम पाए आफ्नो खर्च चलाउन सक्थे, परिवारलाई सहारा पुग्थ्यो,” उहाँ भन्नुहुन्छ, “घाइते भत्ता भनेर पाइने रु १२ हजार कोठा भाडा तिर्नमै ठिक्क हुन्छ, पसलबाट आएको पैसाले बिहान बेलुकाको घरखर्च चल्छ ।”

काम गर्नका लागि शारीरिक रूपमा सशक्त मात्रै नभएर इच्छाशक्ति पनि चाहिने रावल बताउनुहुन्छ । “काम गर्नका लागि इच्छा शक्ति हुनुपर्छ, लगनशील भएर एउटा काममा लागेमा सफलता मिल्छ ।” उहाँको सुझव छ ।