२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौँ । सत्तारुढ घटक नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बैठक बस्न लागेको हो ।

बैठकमा समानुपातिक बन्द सूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम तथा गठबन्धनभित्र जारी छलफलबारे समिक्षा गरिनेछ ।

यसअघि मंगलबार बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यस क्रममा पार्टीमा देखिएको विवादको विषयमा छलफल भएको थियो ।

आगामी ४ मंसिरमा हुने निर्वाचनलाई लिएर सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषयमा पछिल्लो समय नेपाली कांग्रेसभित्रै विवाद बढ्दै गरेको छ ।

कांग्रेसका संस्थापन इतर नेताहरूले सिट बाँडफाँटमा पार्टीले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति देउवालाई दबाब दिँदै आएका छन् ।