५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी



अ+ अ-

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल हिजाे ललितपुरको किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

शताब्दी पुरुष जोशी डेंगु संक्रमणका कारण चार दिनदेखि किष्ट अस्पतालमा भर्ना हुनुहुन्छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

शताब्दी पुरुष जोशीले आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै अस्पतालमा भेट्न आएकोमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई धन्यवाद दिनुभयो । चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएका छन् ।