८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्धचेत मुकेश: पिरोलिँदै बित्छन् कायस्थ परिवारको दसैँ



अ+ अ-

काभ्रेपलाञ्चोक । आजदेखि नेपालीको महानपर्व दसैँ सुरु भएको छ । चाडपर्वले उल्लासमय बनिरहेका बेला वरपर, छरछिमेकी सबै हर्षित देखिएका छन् ।

बितेका १७ वर्षमा कस्ता चाडपर्व कति बिते शय्यामा सुतिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का ‘ज्यूँदो शहीद’ मुकेश कायस्थलाई थाहा छैन । अर्धचेत अवस्थाका मुकेश चाडपर्वमा घर नजिकैको मावलीघर नटेकेको पनि उत्तिकै वर्ष भइसक्यो । बाबाआमा भनेर बोलाउला भन्ने आसमा मुकेशको स्याहारसुसारमा दिनरात नभनेको कायस्थ परिवारमा अझै आशा मरेको छैन ।

यो पनि पढ्नुहोसअर्धचेत मुकेशस् रोएरै बित्छन् कायस्थ परिवारको चाडपर्व

दोस्रो जनआन्दोलनमा बायाँ कञ्चटमा गोली लागेर गम्भीर घाइते छोरा मुकेशको स्वास्थ्य अवस्था राम्रो होला भनेर कायस्थ परिवारले दिन गन्दै बसेको पनि १७ वर्षभन्दा धेरै भइसक्यो । मुकेशकी आमा मीरा भन्नुहुन्छ, “छोरालाई ठीक होला भन्ने आशा अझै मारेका छैनौँ ।” तर मुकेश चार वर्षदेखि दुब्लाउँदै गएको, पहिले जस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरुलाई ‘पीरमाथि पीर’ थपिएको छ ।

छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिनुहुन्छ । “दसैँ – तिहारमा छिमेकका घर खुसियालीका साथ झिलिमिली गर्दै, परिवार र आफन्तसँग खुसियाली बाँडेको देख्दा मन निकै पोल्छ, कतै मेरो छोरोले आमा भन्देओस्”, आमा मीराले दुःखेसो पोख्नुभयो, “दसँैं नजिकिएको बेला कहिलेकाहीँ त मुकेशले घरको छतमा चङ्गा उडाउँदै होला भन्ने झस्को पस्छ ।”

मुकेश परिवारको एक्ला छोरा हुनुहुन्छ । “परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, आफैँ मनन् गर्नस् त ?” बाबु कृष्णमान प्रतिप्रश्न गर्नुहुन्छ ।

कसैले उहाँको नाम लिएर बोलाउँदा ‘हँ हँ, माँ’ भनेर बोल्नसक्ने मुकेश हाल बोल्न सक्नुभएको छैन । परिवारका अनुसार हाल मुकेश अहिले ३२ वर्षको हुनुभयो । लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकोमा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ । “मुकेशले मुखबाट नखाएको पनि चार वर्ष भइसक्यो”, बाबु कृष्णमानले भन्नुभयो । मुकेश हाल दायाँ हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्नुहुन्छ ।

लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय मुकेश बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनदखि उहाँको होस् अझै खुल्न सकेको छैन भने बाँया हात राम्रोसँग चल्दैन । गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो छ । सत्र वर्षदेखि अर्धचेत अवस्थाका छोरा मुकेशलाई सुतिरहेको हेरेर उहाँकी आमा मीरा भविष्यबारे सधैँ चिन्तित हुनु त दैनिकी नै भयो । अझै पनि छोराले नयाँ लुगामा सजिएर आमाबाबुसँग हाँसखेल गरेको देख्न पाउने, नपाउनेमा मीरा सशङ्कित हुनुहुन्छ । “दसैँ–तिहारमा मुकेशलाई ओछ्यानमै टीका लगाइदिनुपर्दाको क्षण कम्ती पीडादायक हुन्न”, मीराले भन्नुभयो ।

उहाँका अनुसार आमा वा बाबुमध्ये कोहीकेही समय नजिक नभए मुकेश रुने गर्नुहुन्छ । कायस्थ दम्पती मुकेशलाई हँसाउन खोज्छन् तर मुकेश बाबुआमाले खोजेको हाँसो दिन सक्नुहुन्न । “हातगोडा नचले पनि कुरा गर्छ कि भन्दै बेलाबेलामा बोलाउँछु, मुकेश हाँस्न खोज्छ अनि हँ मात्रै गर्छ”, कृष्णमान पनि आँसु झार्दै पीडा पोख्नुहुन्छ । आन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा आठमा पढ्दै हुनुहुन्थ्यो ।

मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ की भन्ने आशामा बसेको छ कायस्थ परिवार । दलका नेता तथा सरकारी उच्च तहका व्यक्तिले मुकेशलाई भेट्न आउँदा आश्वासन पनि नदिएका होइनन् तर, देश–विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकोमा मर्माहत छ परिवार । हाल मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्यबारे निगरानी गरिरहनुभएको परिवारले जनाएको छ । टाउकोमा जम्ने पानी निस्कने पाइप समयसमयमा बन्द हुने हुँदा समस्या भइरहेको चिकित्सकलाई उद्धृत गर्दै मीराले भन्नुभयो ।

आन्दोलनका घाइते र शहीदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । कृष्णमानले भन्नुभयो, “आन्दोलनका घाइते र शहीदलाई सरकारले कहिल्यै भुल्नुहुन्न ।” मुकेशको नाममा बनेपामा पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने उहाँहरुले सरकारसँग माग गर्दै आउनुभएको छ । तत्कालीन सरकारले मुकेशको उपचारका लागि रु १६ लाख सहयोग तथा बैंकको रु सात लाख ऋण मिनाहा गरिदिएको थियो । सरकारद्वारा जीवन–निर्वाह भत्तास्वरूप मासिक रु १६ हजार उपलब्ध हुँदै आएको छ भने एक स्वास्थ्यकर्मीलाई हेरचाहका लागि खटाइएको छ । मुकेशको नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ ।

दोस्रो जनआन्दोलनका क्रममा काभ्रेपलान्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भीमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिनुभएको थियो । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए ।

राजकुमार पराजुली/ रासस 




भर्खरै