• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

तेह्र वर्षदेखि जनआन्दोलनका घाइते मुकेशको अवस्था उस्तै



बनेपा । जनआन्दोलनको क्रममा घाइते भएका काभ्रे बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् ।

विसं २०६२/६३ का जनाआन्दोलनको क्रममा २०६२ चैत्र २७ गते बनेपामा गोली लागेर घाइते भएका कायस्थ अहिले पनि ओछ्यानमा नै छटपटिरहेका छन् । आमा मीरा कायस्थले पछिल्लो पटक गरेको शल्यक्रियाबाट पनि उहाँको सुधार नभएको बताउनुभयो ।

अहिलेसम्म पनि उपचारको सबै खर्च सरकारले नै ब्यहोर्दै आएको भए पनि सङ्घीय संरचनाअनुसार जिल्लामा रहेको जनस्वास्थ्य कार्यालय प्रदेशअन्तर्गत रहने भएपछि उपचारको लागि व्यवस्था हुँदै आएको नर्सको सुविधा नभएको उहाँको भनाइ छ ।

मुखले पनि नखाने र हातखुट्टा पनि चल्नुपर्ने नचलेको आमा मिराले बताउनुभयो । अहिले अक्सिजन चाही दिइरहनुपर्ने अवस्था नभएको उहाँको भनाइ छ । मुकेश कायस्थ प्रतिस्ठानका मोहन दुवालले उहाँको नाममा मस्तिष्क घातको पुनस्र्थापना केन्द्र स्थापना गर्नको लागि पहल गरिरहेको बताउनुभयो ।

मुकेश जस्तै अन्य घाइतेको उपचारको लागि सहज वातावरण होस् भन्ने हेतुले विसं २०६८ मा मुकेश कायस्थ प्रतिष्ठानले सो विषयलाई संस्थागत रुपमा अगाडि बढाइरहेको छ ।