८ भाद्र २०८३, सोमबार
,
Latest
सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्र वर्षदेखि जनआन्दोलनका घाइते मुकेशको अवस्था उस्तै



अ+ अ-

बनेपा । जनआन्दोलनको क्रममा घाइते भएका काभ्रे बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् ।

विसं २०६२/६३ का जनाआन्दोलनको क्रममा २०६२ चैत्र २७ गते बनेपामा गोली लागेर घाइते भएका कायस्थ अहिले पनि ओछ्यानमा नै छटपटिरहेका छन् । आमा मीरा कायस्थले पछिल्लो पटक गरेको शल्यक्रियाबाट पनि उहाँको सुधार नभएको बताउनुभयो ।

अहिलेसम्म पनि उपचारको सबै खर्च सरकारले नै ब्यहोर्दै आएको भए पनि सङ्घीय संरचनाअनुसार जिल्लामा रहेको जनस्वास्थ्य कार्यालय प्रदेशअन्तर्गत रहने भएपछि उपचारको लागि व्यवस्था हुँदै आएको नर्सको सुविधा नभएको उहाँको भनाइ छ ।

मुखले पनि नखाने र हातखुट्टा पनि चल्नुपर्ने नचलेको आमा मिराले बताउनुभयो । अहिले अक्सिजन चाही दिइरहनुपर्ने अवस्था नभएको उहाँको भनाइ छ । मुकेश कायस्थ प्रतिस्ठानका मोहन दुवालले उहाँको नाममा मस्तिष्क घातको पुनस्र्थापना केन्द्र स्थापना गर्नको लागि पहल गरिरहेको बताउनुभयो ।

मुकेश जस्तै अन्य घाइतेको उपचारको लागि सहज वातावरण होस् भन्ने हेतुले विसं २०६८ मा मुकेश कायस्थ प्रतिष्ठानले सो विषयलाई संस्थागत रुपमा अगाडि बढाइरहेको छ ।