२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक: गृहमन्त्री खाण



file
अ+ अ-

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिनुुभएको छ ।

रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उहाँले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताउनुभयो । “संविधानप्रति प्रतिबद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको पालना नभए सुशासन हुँदैन”, उहाँले भन्नुभयो ।

गृहमन्त्री खाणले कुनै पनि नागरिक नागरकिताबाट बञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विधेयक तयार गरेको उल्लेख गर्नुभयो । लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आउनु दुःखद् भएको चर्चा गर्दै उहाँले संविधान मान्नुपर्ने अधिकारीबाटै यसको उल्लङ्घन हुनु गलत भएको बताउनुभयो । “नागरिकता नहुँदा एउटा सिमकार्ड किन्नसमेत समस्या सिर्जना भएको छ । यस्तो कथा नेपालका लाखौँ नागरिकको छ यसको जिम्मेवार को हुने ?”, उहाँले प्रश्न गर्नुभयो ।

मन र मस्तिष्क जोडेर काम गर्नसके मानवीय विकास सम्भव रहेको चर्चा गर्दै उहाँले सरकार र सरकारका नेतृत्वकर्ताको सही मूल्याङ्कनसमेत गर्न आग्रह गर्नुभयो ।

आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले सङ्घीयता कार्यान्वयनमा गठबन्धन सरकारको भूमिका राम्रो हुन नसकेको टिप्पणी गर्नुभयो । आगामी दिनमा सरकारले यसलाई चिर्न सक्नुपर्ने उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का सचिव चन्द्रप्रकाश खनालले राजनीतिलाई सहीदिशा दिने काम मिडियाको भएकाले त्यसमा राम्रो भूमिका खेल्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले सुशासन आफैँमा राम्रो शब्द भए पनि विश्लेषकले सुशासनको अवस्था राम्रो नभएको औँल्याएको बताउनुभयो ।

राष्ट्रिय समाचार समितिका पूर्वध्यक्ष बालकृष्ण चापागाईंले सञ्चारमाध्यमले सरकार र सरकारको नेतृत्वमा रहेका व्यक्तिले गरेका कामको खोजमूलक समाचार लेख्न आग्रह गर्नुभयो । रिपोर्टस् क्लब नेपालका अध्यक्ष ऋषि धमलाले गणतन्त्र र सङ्घीयतालाई अघि बढाउन क्लबले मिसन पत्रकारिता गरेको बताउँनुभयो । प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीले सबैको साझा मञ्चका रुपमा क्लबलाई उभ्याउने कोशिस गरिहरहेको बताउनुभयो ।

कार्यक्रममा रुपन्देहीका पत्रकार रामप्रसाद आचार्य, रेखा भुसाल र दाङका पत्रकार विजय घिमिरे तथा पर्यटन डिभिजन कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।