९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गाउँघरमा देखिन छाडे रातो माटो र कमेराको भित्ता

गाउँघरमा देखिन छाडे रातो माटो र कमेराको भित्ता
file
अ अ+ अ-

कावासोती । देवचुली–१५ कि सीतादेवी पौडेल अहिले ६० वर्षको हुनुभयो । उहाँको जीवनकालमा ५० वटाभन्दा धेरै दसैँको प्रत्यक्ष अनुभव छ तर पछिल्ला १०/१२ वटा दसैँ भने सीतादेवीलाई दसैँ जस्तो लागेको छैन । करिब १२ वर्षअघि माटोको घर भत्काएर कङ्क्रिट र सिमेन्टबाट नयाँ घर बनाएपछि रातो माटो र कमेरोले घर लितपोत गर्नु त परैजाओस् तिनलाई देख्नसमेत नपाएको उहाँ बताउनुहुन्छ ।

“जति नै दुःख भए पनि घटस्थापना आउनुभन्दा पहेंलै अघिदेखिनै पहेँलो र रातो माटो तथा कमेरो ल्याएर घर चिटिक्क पार्दा दसैँ आए झैँ लाग्थ्यो तर अहिले सुख भए पनि दसैँ जस्तो लाग्दैन”, सीतादेवीको भनाइ छ । उहाँजस्तै रातो माटो र कमेरोले पोतेका घर नदेख्दा ७० काट्नुभएकी हुप्सेकोट–३ कि खगिसरा काफ्ले पनि आजकलको दसैँ खल्लो लाग्ने गरेको बताउनुहुन्छ । “जमानाअनुसार चल्नैपर्ने केके हो केके रङ लगाएर घर त रङ्ग्याइन्छ तर रातो माटो र कमेरो जस्तो हुँदोरहेनछ”, उहाँ भन्नुहुन्छ ।

विगतमा दसैँ र तिहारका समयमा रातोमाटो र कमेरोले घर रङ्ग्याउने प्रचलन हराउँदै गएको छ । विशेषगरी परम्परागत शैलीका ढुङ्गा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्दथ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि ती वस्तुको प्रचलन हराउँदै गएको हो । पितृपक्ष सकिएलगत्तै घटस्थापनादेखि दसैँ सुरु हुन्छ । दसैँ सुरु हुनासाथ सबैभन्दा पहिले आफ्नो घर, आँगन सफा गर्ने तथा रङरोगन गर्ने चलन थियो । घटस्थापनाका दिन जमरा राख्नुपूर्व घरलाई रातो माटो र कमेरोले चिटिक्क पारेर लितपोत गरी घरलाई चोखो पारेर जमरा राख्ने गरिन्थ्यो तर पछिल्ला केही वर्षयता गाउँ घरतिर पनि कङ्क्रिट तथा सिमेन्टको घर बन्नेक्रम बढेपछि रातो माटो र कमेरोले लिपेका घर देख्न छोडेको छ ।

केही वर्ष पहिले महाराजा सामुदायिक वनमा रहेको रातो माटोको डाँडामा दसैँै आउनु अगाडिदेखि नै रातो माटो लिन आउनेको भीड लाग्थ्यो तर पछिल्ला केही वर्षदेखि रातो माटो लिन आउने मान्छे औँलामा गन्न सकिने पुगेका सामुदायिक वनका हेरालु गणेश चन्द बताउनुुहुन्छ । आधुनिकता सँगसँगै विकासको लहर गाउँमा पसेपछि रातो माटो र कमेरोले लिपेका घर आजकल निक्कै कम देखिन्छन् । कङ्क्रिट र सिमेन्टको घरमा बजारबाट कृत्रिम रङ ल्याएर घर रङ्ग्याउने चलन बढेसँगै रातो माटो र कमेराले घर पोत्ने चलन हराउदै जान लागेको पण्डित रिमप्रसाद आचार्य बताउनुहुन्छ । कुनै बेला दसैँ आउनु पहिलै रातो माटोले घर लितपोत गरेर चिटिक्क पार्ने, बाबियोको डोरीको लिङ्गे पिङ बनाउने, सबै मिलेर गाउँका बाटाघाटा र मठमन्दिर सफाइ गर्ने गरिन्थ्यो तर आजकाल आधुनिकताका नाम यस्ता चलन हराउँदै गएको र समाज साघुँरिदै गएको उहाँको भनाइ छ ।

“केही वर्षअघि घरमा रातो माटो र कमेरोले लितपोत गर्नु दसैँ तिहारसँगै जोएिको संस्कृतिको अर्को पाटो जस्तै बनेको थियो”, पण्डित आचार्य भन्नुहुन्छ, “आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने ती कुरा इतिहास जस्तै बन्ने गरेका छन् ।” त्यति मात्रै होइन दसैँ आएसँगै दसैँका लागि आवश्यक चिउरा, चामल, तेल गाउँकै ढिँकी, जाँतो र कोलमा कुटानीपिसानी गर्ने चलन थियो । बढ्दो आधुनिकता र प्रविधिका कारण गाउँ घरमा अहिले ढिकीजाँतो र कोल पनि हराउँदै गएका छन् । चाडबाडका बेला सुनिने ढिकीजाँतो र कोलको आवाज सुनिन छाडेको छ ।

आधुनिकता र प्रविधिको बढ्दो प्रयोग र विकाससँगै दसैँ, तिहारलगायत चाडपर्वको मौलिकता घट्दै गएको छ । दसैँलगायतका चाडपर्व सुरु हुनु अगाडि रातो माटो, कमेराले घर आँगन लितपोत गरेर रङ्गाउने र लिङ्गेपिङ हाल्ने, चलन हराउँदै जाँदा चाडपर्व खानपान र आधुनिकताको रमाइलोमा मात्रै सीमित हुँदै गएकामा संस्कृतिविद्ले चिन्ता व्यक्त गरेका छन् । रासस