२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवा भन्छन्– सबै ठाउँमा गठबन्धन छैन, प्रत्यक्षको टिकट लैजाऊ !



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सोमबार बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका कार्यकर्ताहरु अलमलमा परे ।

उनीहरु सबै ठाउँमा गठबन्धन गरेका कारण आफूहरु बलियो भएको जिल्ला गुमाउनु परेको गुनासो गर्दै थिए । भेटमा सहभागी एक नेताले सभापति देउवाको भनाइ उदृत गर्दै न्युजपोलारसँग भने, “कहाँ सबै ठाउँमा गठबन्धन छ, प्रत्यक्षतर्फको टिकट लैजाऊ, सबैलाई कसरी समानुपातिकमा समेट्ने ?”

स्याङ्जाको विषय उठाउँदै ती नेताले भने, “सभापतिले टिकट लैजाने भन्नुभयो तर कार्यदलले त्यो निर्वाचन क्षेत्र अन्य पार्टीलाई छाडेको छ ।” त्यो कुरा सभापतिलाई राख्दा उहाँले झोक्किँदै भन्नुभयो, “अरे पार्टीका शिर्ष नेता तथा पदाधिकारीहरुको जिल्ला र निर्वाचन क्षेत्रको बारेमा त मलाई जानकारी गराउनु पर्छ । त्यो क्षेत्र कांग्रेसले छाड्न सक्दैन ।”

भेटमा सहभागी ती नेताले भने, “कि कार्यदलले सभापतिलाई गुमराहमा राखेको छ, कि सभापतिले कार्यकर्तालाई गुमराहमा राख्नुभएको छ ।”

सभापति देउवाले महिलाहरु प्रत्यक्षमा उठ्न इच्छुक नदेखिएको गुनासो गर्दै सबैलाई समानुपातिकमा कसरी समट्ने भन्ने प्रश्न गर्नुभयो । उहाँको भनाई उदृत गर्दै ती नेताले भने, “पदाधिकारीहरु पनि समानुपातिकमा नै बस्न बल गर्ने, यसरी त कांग्रेसले कसरी जित्छ ? ”

कार्यकर्ताले सभापति समक्ष कार्यदलमा रहेका नेता पूर्णबहादुर खड्का र गृहमन्त्री बालकृष्ण खाणको चर्को विरोध गर्दै गुनासो गरेका थिए । भेटमा सहभागी ती नेताले भने, “गृहमन्त्रीले त्याग गर्नसक्नु पर्छ भन्नुभयो, उहाँले के त्याग गर्नुभयो रु अघिल्लो निर्वाचनमा आफू समानुपातिकमा बस्नुभयो, महाधिवेशनमा श्रीमतीलाई केन्द्रीय सदस्य बनाउनुभयो, अहिले फेरि समानुपातिकमा श्रीमतीको नाम राख्नुभएको छ, के त्याग यस्तै हुन्छ ? ”

यसैगरी खड्काले पनि आफू निकटलाई मात्र अवसर दिएको गुनासो गर्दै ती नेताले आत्मविश्वास गुमाएर कसरी निर्वाचनमा जाने भन्दै सभापति देउवालाई प्रश्न गरेका थिए ।