६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवा भन्छन्– सबै ठाउँमा गठबन्धन छैन, प्रत्यक्षको टिकट लैजाऊ !



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सोमबार बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका कार्यकर्ताहरु अलमलमा परे ।

उनीहरु सबै ठाउँमा गठबन्धन गरेका कारण आफूहरु बलियो भएको जिल्ला गुमाउनु परेको गुनासो गर्दै थिए । भेटमा सहभागी एक नेताले सभापति देउवाको भनाइ उदृत गर्दै न्युजपोलारसँग भने, “कहाँ सबै ठाउँमा गठबन्धन छ, प्रत्यक्षतर्फको टिकट लैजाऊ, सबैलाई कसरी समानुपातिकमा समेट्ने ?”

स्याङ्जाको विषय उठाउँदै ती नेताले भने, “सभापतिले टिकट लैजाने भन्नुभयो तर कार्यदलले त्यो निर्वाचन क्षेत्र अन्य पार्टीलाई छाडेको छ ।” त्यो कुरा सभापतिलाई राख्दा उहाँले झोक्किँदै भन्नुभयो, “अरे पार्टीका शिर्ष नेता तथा पदाधिकारीहरुको जिल्ला र निर्वाचन क्षेत्रको बारेमा त मलाई जानकारी गराउनु पर्छ । त्यो क्षेत्र कांग्रेसले छाड्न सक्दैन ।”

भेटमा सहभागी ती नेताले भने, “कि कार्यदलले सभापतिलाई गुमराहमा राखेको छ, कि सभापतिले कार्यकर्तालाई गुमराहमा राख्नुभएको छ ।”

सभापति देउवाले महिलाहरु प्रत्यक्षमा उठ्न इच्छुक नदेखिएको गुनासो गर्दै सबैलाई समानुपातिकमा कसरी समट्ने भन्ने प्रश्न गर्नुभयो । उहाँको भनाई उदृत गर्दै ती नेताले भने, “पदाधिकारीहरु पनि समानुपातिकमा नै बस्न बल गर्ने, यसरी त कांग्रेसले कसरी जित्छ ? ”

कार्यकर्ताले सभापति समक्ष कार्यदलमा रहेका नेता पूर्णबहादुर खड्का र गृहमन्त्री बालकृष्ण खाणको चर्को विरोध गर्दै गुनासो गरेका थिए । भेटमा सहभागी ती नेताले भने, “गृहमन्त्रीले त्याग गर्नसक्नु पर्छ भन्नुभयो, उहाँले के त्याग गर्नुभयो रु अघिल्लो निर्वाचनमा आफू समानुपातिकमा बस्नुभयो, महाधिवेशनमा श्रीमतीलाई केन्द्रीय सदस्य बनाउनुभयो, अहिले फेरि समानुपातिकमा श्रीमतीको नाम राख्नुभएको छ, के त्याग यस्तै हुन्छ ? ”

यसैगरी खड्काले पनि आफू निकटलाई मात्र अवसर दिएको गुनासो गर्दै ती नेताले आत्मविश्वास गुमाएर कसरी निर्वाचनमा जाने भन्दै सभापति देउवालाई प्रश्न गरेका थिए ।