![](https://newspolar.com/wp-content/uploads/2022/09/him.jpg)
गोरखा । जिल्लाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको हो ।
पहिरोमा परी केही पर्यटक बेपत्ता भएको खबर आएपछि प्रहरी टोली त्यसतर्फ लागेको बताइएको छ । पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ ।
थप विवरण आउन बाँकी छ ।