• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo

आफू प्रधानमन्त्रीको रेसमा नरहेको प्रचण्डको प्रस्टोक्ति



चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।

घटस्थापनाका अवसरमा आज गृहजिल्ला चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले प्रधानमन्त्रीको रेसमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता बनाएको बताए ।

उनले भने ‘मंसिर ४ गते चुनाव आउँदैछ । यहाँ प्रधानमन्त्रीको कुरा पनि उठ्यो । म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि नै छैन । मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो । अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु ।’

यस्तै, उनले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको पनि बताए ।

मंसिर ४ मा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेको भन्दै अध्यक्ष प्रचण्डले चितवनका जनता सचेत र लोकतन्त्रका पक्षमा रहेको बताए ।