५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

थिङ्क ट्याङ्कहरुलाई सरकारको सहयोगमा विकास गर्न जरुरी छः स्वर्णिम वाग्ले(भिडियोसहित)

थिङ्क ट्याङ्कहरुलाई सरकारको सहयोगमा विकास गर्न जरुरी छः स्वर्णिम वाग्ले(भिडियोसहित)
अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण गर्न जरुरी रहेको बताउनुभएको छ ।

आईतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा कुनैपनि परियोजनाको सम्झौता रद्ध हुँदा मुलुकलाई नै हानीनोक्शानी विषयमा पनि थिङ्क ट्याङ्कहरुले पूर्ण जानकारी राख्नुपर्ने बताउनु भयो । उहाँले श्रीलंकाले थिङ्क ट्याङ्कहरु समेट्न नसक्दा आर्थिक संकट व्यहोरिरहेको बताउनु भयो ।

पूर्व उपाध्यक्ष वाग्लेले श्रीलंकमा शासकहरुको सन्कीपनका कारण पनि मुलुक संकटमा फसेको बताउनु भयो । उहाँले नेपालले पनि थिङ्क ट्याङ्कहरुलाई बेवास्ता गरेर गए मुलुकको विकास गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले कुनैपनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न जरुरी रहेको भन्दै थिङ्क ट्याङ्कहरुले दिएका सुझवा र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको बताउनु भयो ।

उहाँले देशको नीति निर्माण गर्दा पारदर्शी र विश्वसनियता कायम गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । पूर्व उपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरुचलायमान भइरहनुपर्ने आवश्यक्ता रहेको भन्दै विश्वविद्यालय भित्र पनि थिङ्क ट्याङ्कहरुलाई विकास गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अरुण हाइड्रोपावर १९९५ मा क्यान्सिल भयो विभिन्न कारणहरुले । त्यो क्यान्सिल हुँदा यो राज्यले व्यहोरेको कस्ट कति ? कस्ट अफ एक्शन होइन, कस्ट अफ इनएक्शनतिर पनि हामी जानुपर्छ । यस्ता कुराहरु पनि थिङ्क ट्याङ्कहरुले बोल्दिनुपर्छ । मलाई हालैको श्रीलंकाको संकटमा भिज्ने मौका मिलेको हुनाले त्यहाँ के कारणले श्रीलंका जस्तो उन्नत मुलुक संकटमा फस्यो, फसेन भन्नेकुराको विविध कोणबाट विश्लेषण हुन्छ ।

मैले त्यसमा धेरै घोत्लिएको कारण थाहा भयो कि थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण जिरो । कस्ताकस्ता निर्णयहरु गरिए ह्वीमका भरमा, शासकीय सनकका भरमा मन्त्रालयकै निर्णयहरुमा पनि थिङ्क ट्याङ्कहरुको कमी भएको देखियो । त्यसले गर्दा श्रीलंका या अवस्थामा पुग्नुमा ठूलो भुमिका खेलेको छ । जस्तो चुनाव जितियो राष्ट्रपति र प्रधानमन्त्रीले फुकिदिनुभयो, अब भ्याट रेट हाम्रो १५ बाट ८ प्रतिशत भयो भन्नुभयो ।

त्यसको पूर्ति गर्न के छन् वैकल्पिक उपाय यसको बारेमा सोच्दै नसोचेको देखियो । यस्तो निर्णयमा कुनैपनि थिङ्क ट्याङ्कहरुको गहिरो पृष्ठपोषण भएर वहस भएन । यस्ता नीति निर्माण गर्दा पारदर्शी बनाउनुपर्छ ।

विश्वसनियता र पारदर्शी भएमा थिङ्क ट्याङ्कहरुको सुझाव पनि सरकारलाई दिँदा राम्रो हुन्छ । थिङ्क ट्याङ्कहरु पनि इन आइशोलेशन रहने होइन । पश्चिमा मुलुकहरुबाट हामीले सिक्न जरुरी छ । विश्वविद्यालय भित्र थिङ्क ट्याङ्कहरुलाई सस्टेन गर्ने, पब्लिक फण्डिङबाट सस्टेन गर्ने हो ।’

पूर्व उपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरुलाई सरकारको सहयोगमा विकास गर्न जरुरी रहेको बताउनु भयो ।