१० कार्तिक २०८१, शनिबार
,
Latest
सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी ‘आठौं कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ सम्पन्न चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस: सुनिरा र रितिक च्याम्पियन लिग २ को अमेरिका सिरिजका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्ने हामी अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौः प्रचण्ड संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड नेपाली जहाँ पुुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको मौन प्रदर्शन – फोटोफिचर ‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ राजनीतिक दलका शीर्ष नेताद्वारा निर्वाचन आचारसंहिता २०७९ कार्यान्वयन गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका १२ राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिले निर्वाचन आचार संहिता २०७९ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी सहभागी हुन निर्वाचन आयोग पुगेका शीर्ष नेताहरुले निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायत उपस्थिति थिए ।