१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश



अ+ अ-

काठमाडौँ । असोज ११ गते अर्थात् मंगलबारदेखि हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाउने भएका छन् ।

मंगलबारबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत निस्कन लागेसँगै हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्ने भएका हुन् ।

आगामी असोज १५ गतेपछि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् ।

त्यसपछि कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले सम्हाल्नेछन् । यद्यपि अवकाश पाउनु अगाडि नै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत जाने भएपछि असोज ११ गतेदेखि नै हालका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले नेतृत्व सम्हाल्न लागेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते संसदमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्चमा कामु प्रधानन्यायाधीशले नेतृत्व गर्दै आएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा छन् ।

जबराको निलम्बनपछि ७ महिनाभन्दा बढी समय दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । उनी प्रधानन्यायाधीश नबनी विदा हुन लागेका हुन् । असोज १६ गतेदेखि कार्की पूर्णरुपमा कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनेछन् भने विश्वम्भरप्रसाद श्रेष्ठले वरिष्ठतम् न्यायाधीशको जिम्मेवारी पाउनेछन् ।