१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

महगिँदै फिल्म

महगिँदै फिल्म
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । कोरोना भाइरस महामारीपछि छिमेकी मुलुक भारतको फिल्म उद्योग बलिउडले ठूलो घाटा व्यहोर्नुप¥यो । बलिउडका प्रदर्शन भएका अधिकांश फिल्म असफल भइरहेका छन् । साउथमा बन्ने तामिल, तेलुगु, कन्नडाले विश्वभर दर्शक बढाइरहँदा बलिउडले भने गुमाउँदै गएको छ । दर्शक ओटिटी (ओभर दी टप) भनिने नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, जी फाइभ, डिज्नी प्लस हटस्टारलगायतमा रमाउन थालेका छन् ।

फिल्म हल पुग्ने समय र खर्चले ओटिटीको सेवा झन्डै वार्षिक नै उपभोग गर्न पाइने भएपछि बलिउडले दर्शक गुमाइरहेको अनुमान गर्न सकिन्छ । नेपालमा पनि त्यस्तै देखियो । यहाँ ओटिटीको प्रभाव नभए तापनि फिल्म हेराई महँगिएपछि दर्शक घट्दै गएको पाइयो । सुरुआती व्यापार आक्रामक गर्ने कलाकारको फिल्ममा नै दर्शक देखिएनन् । ‘वर्ड अफ माउथ’ बलियो नभएसम्म दर्शक हलसम्म नपुग्नाले अपेक्षा गरिएका धेरै फिल्म असफल भए ।

प्रदीप खड्काले अभिनय गर्नुभएको फिल्म ‘प्रकाश’ ले न्यून सुरुआत ग¥यो । उहाँले अभिनय गरेको पछिल्लो फिल्मको तथ्याङ्क हेर्ने हो भने सुरुआती दिनमा नै व्यापार राम्रो हुन्थ्यो । समीक्षा आएपछि दर्शकको सङ्ख्यामा घटबढ त हुन्छ । यसपटक दर्शक सुरुमै आएनन् । यसपटक प्रदीप आफ्नो ‘स्टारडम’को छायाँबाट निस्किएर ‘प्रकाश’ बन्नुभएको थियो । जुम्लाको एक गाउँले युवकमा उहाँलाई देखियो । उहाँको अघिल्लो फिल्मले एक दिनमै गर्ने व्यापार ‘प्रकाश’ ले एक सातामा पनि गर्न सकेको थिएन । जसका कारण कारण दर्शक नै आएनन् ।

अभिनेता खगेद्र लामिछानेको टल्क जङ्ग भर्सेस टुल्के, पशुपति प्रसाद जस्ता फिल्मबाट दर्शकको मन जित्नु भएको छ । उहाँप्रति एउटा वर्ग विश्वस्त छ । उहाँले उठान गर्ने विषयवस्तु ‘अर्गानिक’ हुने गरेको दर्शकहरुको टिप्पणी छ । उहाँ ‘पानीफोटो’ मार्फत लेखक र अभिनेतासँगै निर्देशक बनेर आउनुभयो । रचनात्मक पक्षमा आफैँले मूल्याङ्कन गरेर तयार गरेको फिल्म हेर्नेको सङ्ख्या न्यून छ ।

गत साउनमा प्रदर्शन भएका फिल्मले गरेको व्यवसाय न्यून छ । प्रदर्शित फिल्मले प्रचारप्रसार गरेबापतको खर्चसमेत उठाउन सकेन् । दर्शक हलमा आएर राम्रो नराम्रो प्रतिक्रिया दिनुभन्दा पनि हलसम्मै नआएका फिल्मले यो क्षति व्यहोर्नुप¥यो । अभिनेताका रुपमा आफ्नो पहिचान स्थापित गर्नुभएका सौगात मल्ल ‘द सेक्रेट्स अफ राधा’मार्फत निर्माता बन्नुभयो । फिल्मले उठान गरेको विषयवस्तु मन परेर आफू निर्माता बनेको उहाँले बताउनु हुन्छ ।

चरित्र बाच्ने अभिनेताका रुपमा दर्शकले स्वीकार्नु भएको सौगात पनि असफल हुनुभयो । उहाँको फिल्म एकसाता नबित्दै हलबाट निकालियो । किनकी दर्शकको उपस्थिति न्यून थियो । सौगातले कलाकारिता गरेर आर्जन गर्नुभएको रकम फिल्म निर्माणमा लगाउँदा दर्शक हलसम्मै आउनुभएन । यी उदाहरण मात्र हुन् । कबड्डी चारबाहेक अन्य फिल्मले लगानी हलबाट उठाउन सकेको छैन ।

‘ए मेरो हजुर ४’ र ‘झिँगेदाउ’ले हलमा गरेको व्यापारसँगै विदेश राइट्स्, डिजिटल राईट्स् लगायतबाट लगानी सुरक्षित गरेको हुनसक्छन । बलिउडको पनि अवस्था यस्तै छ । साउथ इन्डियामा बनेको पुष्पा, आरआरआर, केजीएफ च्याप्टर २ बाहेक बलिउडको दुई÷तीन फिल्मले मात्र लगानी सुरक्षित गर्न सफल भए । अक्षय कुमार, आमिर खान जस्ता स्टारको फिल्मले गरेको व्यापार निकै न्यून छ ।

लेखकसँगै फिल्मको रेगुलर दर्शक प्रदीप भारद्वाज दर्शक घट्नुको कारण महँगी बताउनुहुन्छ । प्राय शुक्रबारदेखि शनिबारसम्ममा प्रदर्शन भएका फिल्म हेरिसक्ने भारद्वाज टिकट दरभन्दा पनि खानेकुरा महङ्गिएको बताउनुहुन्छ । ‘‘फिल्म हेर्न जाँदा जति खर्च टिकटमा हुन्छ त्यो भन्दाबढी खानेकुरामा हुनेगरेको छ टिकट, पार्किङ, कफी र पपकर्नको जोड्ने हो भने एक हजार हाराहारीमा पर्न सक्छ । जसले दर्शक फिल्म प्रति विस्वथ नभएसम्म हलसम्म आएका छैनन’’, उहाँले भन्नुभयो ।

भारतमा भने ओटिटी पनि कारण रहेको बलिउड अभिनेता तथा निर्देशक विशाल देसाइ बताउनुहुन्छ । “हलमा जाँदा हुने खर्च बढिरहेको छ नै । हामीले ओटिटी अप्सन पाएका छौँ । हल रिलिज भएको आठ हप्ताभित्रमा ओटिटीमै आउँछ भने किन समय र पैसा खर्चिने रु अहिले दर्शकको सोचाई यस्तै छ”, उहाँले भन्नुभयो । निर्देशक देसाइले आफ्नै ड्राइभरको उदाहरण दिँदै भन्नुभयो, ‘‘मेरो ड्राइभर पहिले मलाई पार्किङमा पर्खिदा आराम गर्नुहुन्थ्यो । अहिले मोवाईलमा ओटिटी आएको फिल्म हेरेको पाउँछु । उहाँ बिदामा हल जानुहुन्थ्यो फिल्म हेर्न तर अहिले ओटिटी आइहाल्छ नी भनेर त्यो बिदा परिवारसँग घरमै सदुपयोग गर्नु हुन्छ ।”

दर्शकमा फिल्मप्रतिको चेतना बढ्नुका साथै मेकर्सले गम्भीर भएर फिल्म नबनाउँदा दर्शक निराश भएको नेपाल चलचित्र सङ्घको पूर्वध्यक्ष प्रदीपकुमार उदय बताउनु हुन्छ । “आर्थिक मन्दीले असर गरिरहेको छ । आइरहेका फिल्ममा नयाँपन पाइएको छैन । लकडाउनपश्चात् नेपालमा पनि ओटिटी प्रयोगकर्ता बढेकाले पनि दर्शक हलमा कम देखिनुभएको हो”, उहाँले भन्नुभयो । मेकर्सले सिरियस भएर फिल्म मेकिङ नगरे उहाँ दर्शकलाई आकर्षण गरेसम्म हलमा ल्याउन गाह्रो हुने बताउनु हुन्छ । रासस