१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

अघि बढ्ला त पञ्चेश्वर बहुउद्देश्यीय आयोजना ?

अघि बढ्ला त पञ्चेश्वर बहुउद्देश्यीय आयोजना ?
अ अ+ अ-

काठमाडौँ । लामो समयदेखि अध्ययनको चक्रबाट बाहिर निस्कन नसकेको पञ्चेश्वरलाई गति दिन पुनः नेपाल र भारत सहमत भएका छन् । नेपाल र भारतका जलस्रोत सचिवस्तरीय संयन्त्र संयुक्त जलस्रोत समितिको यही असोज ५ र ६ गते काठमाडौँमा सम्पन्न बैठकले उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) लाई आगामी तीन महिनाभित्र टुङुगो लगाउने निर्णय गरेको छ ।

बहुउद्देश्यीय प्रकृतिको सो आयोजनाको डिपीआर तयारीको क्रममा नै लामो समय बितेको छ । डिपीआरका अधिकांश विषयमा सहमति भएको बताए पनि पानीको बाँडफाटको विषयमा दुई देशबीच कुरा मिल्न सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैतमा गर्नुभएको भारत भ्रमणका क्रममा पनि सो आयोजना अगाडि बढाउन सहमति भएको थियो । महाकाली सन्धि भएको अढाइ दशकसम्म पनि आयोजनाको प्राविधिक विषयमा टुङ्गो लाग्न नसक्दा समस्या उत्पन्न हुँदै आएको छ । पछिल्लो पटक नेपाल र भारतका जलस्रोत सचिवस्तरीय संयन्त्र संयुक्त जलस्रोत समितिको नवौंँ बैठकले आयोजनाको डिपीआरलाई अन्तिम रुप प्रदान गर्न गठित विज्ञ समूहको कार्य अवधि थप गरी चौथो बैठक आगामी तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । सो निर्णयले आयोजनाले केही मात्रामा भए पनि गति लिने महसुस गरिएको छ । दुवै देशलाई मान्य हुने गरी आयोजनाको डिपिआर तयार हुने बताइँदै आएको भए पनि थप प्रगति हुन सकेको छैन ।

यस्तै आयोजनाका लागि गठन भएको पञ्चेश्वर प्राधिकरणमा दुवै पक्षबाट पूर्णकालीन रुपमा काम गर्न तीन महिनाभित्र सबै कार्यकारी समितिका पदाधिकारी दुवै देशबाट पठाउने निर्णय भएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच सो आयोजनामा बाँकी रहेका काम अगाडि बढाउन सहमति भएको थियो । सोही सहमति अनुसार संयुक्त जलस्रोत समितिको नवौँ बैठकले आवश्यक निर्णय गरेको छ । आयोजनाको डिपीआरका सन्दर्भमा नेपाल र भारतबीच पानी बाँडफाँटको विषयमा कुरा मिल्न नसक्दा थप प्रक्रियाले गति लिन नसकेको हो ।

सो आयोजनालाई दुवै देशले ‘गेम चेञ्जर’ परियोजनाको सङ्ज्ञा दिँदै अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । विसं २०७७ पुसमा भारत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले चाँदनी र दोधारामा पानी उपलब्ध गराउने विषयमा सहमति गरेको थियो । तर, यस पटकको बैठकमा त्यस विषयमा खासै चर्चा नभएको बताइन्छ । पछिल्ला दुई वर्ष कोरोना कहरका कारण दुई देशका उच्च अधिकारीबीच छलफल हुन नसक्दा आयोजनाको डिपीआरलगायत अन्य विषयमा छलफल हुन पाएको थिएन ।

महाकाली सन्धिअनुसार नै माथिल्लो तटीय क्षेत्रको जनजीवनका लागि छाड्नुपर्ने पाँच प्रतिशत पानीका विषयमा यसअघि नै दुई देशबीचमा सहमति भएको छ ।

माथिल्लो तटमा बस्ती पनि नभएकाले त्यत्रो ठूलो परिमाणमा पानी छाड्नुपर्ने नभएकाले त्यसलाई एक प्रतिशतमा सीमित गरी बाँकी पानी भने ऊर्जा उत्पादनमा नै प्रयोग गर्ने गरी सहमति यसअघि जुटाइएको थियो । त्यसैगरी नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने भनिएको पञ्चेश्वर जलविद्युत् आयोजनाको ऊर्जातर्फको कूल लगानीमध्ये ५० प्रतिशत हिस्सा नेपालले व्यहोर्ने विषयमा समेत मतैक्यता भइसकेको थियो ।

यस्तै, तल्लो शारदामा उपलब्ध हुने पानीको विषयमा समेत कुरा मिल्न सकेको छैन । नेपालले तल्लो शारदामा उपलब्ध हुने पानीको विषयमा भारतको स्पष्ट जवाफको प्रतिक्षा गर्दै आएको छ । महाकाली सन्धिअन्तर्गत पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माण गरी दुवै देशले लाभ लिने लक्ष्य राखिएको थियो । सो आयोजनाबाट कूल छ हजार चार सय ८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

यस्तै रुपालीगाडमा बन्ने रिरेगुलेटिङ बाँधबाट थप दुई सय ४० मेगावाट विद्युत् उत्पादन गरिनेछ । अध्ययनअनुसार पूर्णागिरिमा अर्को बाँध बनाइ थप एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

डिपीआर स्वीकृत नभएको अवस्थामा पनि सो आयोजनाको कूल लागत झण्डै पाँच खर्ब भारतीय रुपैयाँ बराबर हुने अनुमान गरिएको छ । परियोजनाबाट उत्पादन हुने बिजुली र पानीको मूल्याङ्कन गरेर लाभका आधारमा बाँडफाँट गरी लागत निर्धारण गर्ने सहमति भएको छ । महाकाली सन्धि पारित गर्दा छ महिनाभित्र डिपीआर तयार पार्ने उल्लेख गरिएको थियो ।

डिपीआर भारतीय परामर्शदाता कम्पनी बापकोश इन्डियाले तयार पारिरहेको छ । तर, लामो समयदेखि डिपीआरमा सहमति हुनसकेको छैन । सन् २०१६ मा नै डिपीआर तयार भएको भए पनि नेपाल र भारतबीच पानीको बाँडफाँट तथा अन्य प्राविधिक विषयमा सहमति हुन नसक्दा परियोजनाले गति लिन नसकेको हो ।

दुवै देशले समस्या खुट्याउनका लागि प्राविधिक समितिसमेत बनाएको थियो । उक्त समिति र ऊर्जा सचिवस्तरीय समितिमा पटक–पटक छलफल भए पनि प्रक्रियाले गति लिन सकेको थिएन । विसं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धिमा हस्ताक्षर भएको थियो ।

पछिल्लो बैठकमा महकाली सन्धि बमोजिम टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि प्राप्त गर्ने पानीको सम्बन्धमा शारदा ब्यारेज सञ्चालन मोडालिटी अनुसार नै आपसी सहमतिमा टनकपुर ब्यारेज सञ्चालन मोडालिटी तय गरिने भएको छ । खाडो बाणगङ्गा तथा पीश्चम राप्ती नदीमा बाढी व्यवस्थापन गर्न आवश्यक तटबन्धलगायतका संरचनाको निर्माण कार्य भारत सरकारको अनुदान र नेपाल सरकार समेतको लगानीका अगाडि बढाउन सहमतिसमेत भएको छ ।

नेपाल भारत सीमामा हुने डुबान समस्या समाधानका लागि छलफल तथा संयुक्त स्थलगत निरीक्षण गर्न गठित समूह तथा उपसमूहलाई थप प्रभावकारी बनाउने बैठकमा सहमति भएको छ ।