१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने यमको सपना



अ+ अ-

मध्यविन्दु (नवलपरासीपूर्व) I नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ बोल्न र हातले केही पनि गर्न सक्नुहुन्न । तर खुट्टाको सहयोगमा भने अन्य काम गर्नुहुन्छ ।

साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई रहर पनि उहाँ जस्तै बन्ने छ । पच्चिस वर्षीय खाम्चाको स्मरण शक्ति राम्रो छ, मनोबल पनि उच्च छ । उहाँले खुट्टाको सहायताले लेख्ने र सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ । उहाँका बुबा मनबहादुर खाम्चा भन्नुहुन्छ, “कुपोषणका कारण शरीरका केही अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि निको बनाउने परिवारको आशा निराशामा परिणत भयो ।”

अन्य व्यक्ति जस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने ठूलो छ । खुट्टाको सहायताले उहाँले कक्षा १२ कक्षा उत्तिर्ण गर्नुभएको छ । अब उहाँ उच्चशिक्षा हासिल गर्ने सुरसारमा हुनुहुन्छ । सन्तानको सपना पूरा गराउन परिवार सङ्घर्षशील छ तर अब आर्थिक अवस्था कमजोर हुँदा कसरी पढाउने भन्ने चिन्ताले मनबहादुर सताएको छ । उहाँ भन्नुहुन्छ “छोराले एसइई परीक्षा उत्तिर्ण गरेपछि पढाइएका रामपुर नगरपालिका–१ बर्दाकोट, पाल्पाबाट दुई वर्षअघि हुप्सेकोट गाउँपालिका–३ मा बसाइँ सरी आएको हो ।”

यमलाई भविष्यमा साहित्यकार बन्ने रहर छ । अनि त्यो सपना पूरा गर्ने ठूलो अभिलाषा लिएर अगाडि बढ्नुभएका उहाँले अहिलेसम्म चार सय ४६ मुक्तक खुट्टाकै सहाराले लेखिसक्नु भएको छ । “अब रहर छ, त्यसलाई फुलबुट्टा भरेर सार्वजनिक गर्ने”, उहाँले भन्नुभयो । अवस्था सहज भने छैन । उहाँ परिवारको चार सन्तानमध्ये माइलो हुनुहुन्छ । आठ वर्षसम्म ओछ्यानमा बिताउनुभएका यमले आफ्नो आवाज अरूसामु पु¥याएको देख्दा आमा योगमाया औधी खुसी हुनुहुन्छ ।

योगमाया भन्नुहुन्छ, “मलाई विस्तारै बुढ्यौलीले छुँदैछ, ६१ वर्षकी भए, छोराको रेखदेखमै दिन बित्छ । जतिबेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ, तर कसरी पढाउने ?।” छोराको भविष्य सम्ँिझदै आँसु पुछ्दै उहाँले भन्नुभयो, “छोराको भविष्यको चिन्ताले सधँै सताउँछ । उसका लागि केही गरेरै मर्न पाए हुन्थ्यो ।” रासस