५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिदेशी दबाब र प्रभाव बढ्यो,राष्ट्रबादी शक्ति एकजुट हुनुपर्छ: कमल थापा



अ+ अ-

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बिदेशी दबाब र प्रभाव बढ्दै गैरहेको भन्दै यो अबस्थामा राष्ट्रबादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

आज हेटौंडा -१३ पदमपोखरिमा आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रबादी शक्ति एकठाँउमा आउनुपर्ने आबश्यकता औल्याए ।

थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्न समेत उनको आग्रह थियो । मकवानपुरको अपुरो बिकासको काम सम्पन्न गर्न चुनाबी मैदानमा आउन चाहेको भन्दै आफुलाई अब जनताको सेवा बाहेक अरु कुनै चाह नरहेको समेत स्पष्ट पारे ।

राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल कमजोर बनाउन खोज्ने शक्ति असफल हुने समेत उनले टिप्पणी गरे । कार्यक्रममा नेताहरु गणेश थापा, राजाराम बर्तौला, प्रेम भोम्जन, राजेन्द्र ढुङ्गाना, सुर्य रुम्बा, किशोर मैनाली , शेर बहादुर बल लगायतले बोलेका थिए ।