१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश सदस्य माझी राप्रपा नेपाल प्रवेश



अ+ अ-

हेटौंडा । बागमती प्रदेश सभा सदस्य तथा राप्रपाका निर्बाचित केन्द्रिय सदस्य रिता माझी राप्रपा नेपाल प्रबेश गरेकी छिन् ।

आज बागमती गाउँपालिका(३ मा आयोजित कार्यक्रममा माझिलाई स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापाले अब कोहि पनि अलमलमा नपरी , भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए । मुलुकलाई एउटा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आबश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको ठम्याई रहेको थियो । उनले मकवानपुरको बिकासको अधुरो काम सम्पन्न गर्न आउने निर्बाचनमा उम्मेदवारी दिन लागेको समेत जानकारी दिए ।

हेटौंडा -काठमाडौं सुरुङ्ग मार्ग, चक्रपथ निर्माण , बिश्वबिद्धालय स्थापना, औद्योगिक क्षेत्रको बिकास आफ्नो प्राथमिकतामा रहेको समेत थापाले बताए ।

कार्यक्रममा बोल्दै प्रदेश साँसद रिता माझिले इमानदारीता , निष्ठा र कर्तब्यबोधका कारण राप्रपा नेपाल रोजेको बताइन् । उनले कमल थापा बिचार र पार्टीको जन्मदाता भएकोले उहाँ सङ्ग काम गर्दा गौरबको अनुभूति हुने समेत बिचार ब्यक्त गरिन।

कार्यक्रममा राप्रपा बागमती गाउँ समितिको सिङ्गो ३ नम्बर वडा समिती राप्रपा नेपालमा समाहित भएको थियो । सबैलाई थापाले स्वागत गरेका थिए। कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, दिल बहादुर बल, सुबर्ण लामा, ज्ञान बहादुर माझि लगायतले बोलेका थिए ।