• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना ★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री ★   बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन ★   आईपीएलको बीचमा ब्रेक लिँदै म्याक्सवेलले भने: मानसिक रूपमा तयार भएर फर्किन्छु ★   धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्छ: अध्यक्ष ढकाल ★   गणेशको राष्ट्रिय कीर्तिमान ★   सरकारी प्रकरण- गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास: रमेश खरेल

भविष्यको प्रधानमन्त्री ओली की देउवाः महासचिव पोखरेल



फाईल फोटो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नभएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य र चुनावमा जाने नेतृत्व नभएको टिप्पणी गर्नुभएको हो । उहाँले गठबन्धनले भविष्यको प्रधानमन्त्री को हो भनेर समेत भन्न नसक्ने दाबी गर्नुभयो । उहाँले नेपाल लोकतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता नरहेको जिकिर गर्नुभयो ।

उहाँले जति धेरै राजनीतिक दलहरु भए त्यति नै धेरै नीतिगत विचलन, राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता हुने उल्लेख गर्दै नेकपा एमाले मुलुकलाई त्यसबाट मुक्त गर्न मुलुकलाई राजनीतिक ध्रुवीकरणको दिशाबाट अघि बढाएर बलियो राष्ट्रिय शक्ति बनाउनेतर्फ लागेको बताउनु भयो । महासचिव पोखरेलले ध्रुवीकरणलाई रोक्न र राष्ट्रिय शक्ति निर्माणको यात्रालाई रोक्नको लागि ५ दलीय गठबन्धन अघि बढीरहेको आरोप लगाउनु भयो । उहाँले ५ दलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो ? घोषणा गर्नका लागि आह्वान गर्नुभयो । उहाँले ५ दलीय गठबन्धन आफ्नो उद्देश्य प्रश्तुत गर्ने सामाथ्र्य नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य छैन, गठबन्धनसँग चुनावमा जाने नेतृत्व पनि छैन । भविष्यको प्रधानमन्त्री को हो ? भन्न सक्दैन ५ दलीय गठबन्धन । अब नेपाल, लोकतन्त्र, गणतन्त्रको युगमा प्रवेश गरेका बेलामा अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन । जति धेरै राजनीतिक दलहरु, त्यति धेरै नीतिगत विचलन, जति धेरै राजनीतिक दलहरु त्यति धेरै राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि अब राजनीतिक ध्रुवीकरण जरुरी छ । मुलुकलाई यो ध्रुवीकरणको दिशाबाट अघि बढाएर एउटा बलियो राष्ट्रिय शक्तिको रुपमा नेकपा एमालेलाई स्थापित गर्ने अभियानका रुपमा आउँदै गरेको निर्वाचन २०७९ हो । जुन निर्वाचनका माध्यमबाट मंसिर ४ गते नयाँ युग तर्फको आरम्भ गर्दैछौँ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा त्यो अभियानमा अब युवाहरु अघि बढ्न जरुरी छ । आजको ध्रुवीकरणलाई रोक्नका लागि, राष्ट्रिय शक्ति निर्माणको यात्रालाई रोक्नको लागि ५ दलीय गठबन्धन अघि बढीरहेको छ । म गठबन्धनका नेताहरुलाई भन्न चाहन्छु, नेकपा एमाले मुलुकको भविष्यको नेतृत्व गर्नको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावि प्रधानमन्त्रीको रुपमा जनताका बीचमा लिएर जाँदैछ । ५ दलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो ? घोषणा गर्नका लागि म आह्वान गर्न चाहन्छु । ५ दलीय गठबन्धन आफ्नो उद्देश्य प्रश्तुत गर्ने सामाथ्र्य आउँदैन । न नेता दिनसक्छ, न नीति दिनसक्छ । तिनीहरुको माध्यमबाट देशको भविष्य बन्न सक्दैन ।’

महासचिव पोखरेलले अब मुलुकलाई नयाँ बाटोमा लैजानुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले नेकपा एमालेको बिरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको भन्दै गठबन्धनले गरेको घेराबन्दी जनताको जीवनमा परिवर्तन ल्याउनका लागि नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब मुलुकलाई नयाँ बाटोमा लैजानुपर्ने आवश्यक्ता छ । त्यो पार्टी भनेको विकास र समृद्धिको बाटो हो, त्यसको नायकका रुपमा हाम्रो पार्टी अध्यक्ष केपी शर्मा होली हो । हाम्रो पार्टीका बिरुद्ध र पार्टी नेतृत्वकोबिरुद्ध चौतर्फी घेराबन्दी भएको छ । यो घेराबन्दी देश बनाउनका लागि होइन, यो घेराबन्दी जनताको जीवनमा परिवर्तन ल्याउनका लागि होइन, यो घेराबन्दी नेपाली युवाहरुको भविष्यलाई उज्यालो बनाउनका लागि होइन, यो घेराबन्दी जनताबाट तिरस्कृत भएका नेताहरुको राजनीतिक भविष्यको सुरक्षाका लागि गरिएको घेराबन्दी हो भन्नेकुरा बुझ्नु जरुरी छ । यो वैदेशिक शक्तिकेन्द्रको स्वार्थका लागि गरिएको घेराबन्दी हो । जनताको विकास र समृद्धिको आकंक्षालाई रोक्ने प्रयासका रुपमा यसलाई बुझ्न जरुरी छ । नेपाली जनताको स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितको आकंक्षाकाबिरुद्धमा छ ।’

महासचिव पोखरेलले देश केपी ओलीको नेतृत्वमा अघि बढ्ने हो वा शेरबहादुर देउवाको नेतृत्वमा अघि बढ्छ भन्नेकुरा आगामी मंसिर ४ गते जनमतसंग्रह हुने बताउनु भयो । महासचिव पोखरेलले नेपाली काँग्रेसलाई देशको यथास्थितिको प्रतिनिधिमुलक पात्र भएको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेसको नेतृत्वमा परिवर्तन र समृद्धिको अपेक्षा गर्न नसकिने बताउनु भयो ।