• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु



(सांकेतिक तस्बिर)

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।

वीरगञ्ज– २१ ताजपुर बस्ने सञ्जय पासवानको ५ वर्षीय छोरा सुशील पासवानको ना ३ त १४३६ नम्बरको ट्रयाक्टरबाट सडकमा खसेर मृत्यु भएको हो ।

ट्रयाक्टरबाट सडकमा खसेका बालकलाई सोही ट्रयाक्टरको चक्काले किचेर उनी गम्भिर घाइते भएका थिए ।

घाइते बालकको उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनापछि ट्रयाक्टर चालक फरार रहेका छन् ।