२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपाका प्रदेश सांसद उम्मेदवार एमालेमा प्रवेश गर्दै



अ+ अ-

रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता मधुसुदन शरण चौधरी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

प्रदेशसभाका लागि लोसपाबाट कपिलवस्तु क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस भएका चौधरी एमालेमा प्रवेश गर्न लागेका हुन् ।

असोज ११ गते कपिलवस्तुमा हुने पार्टि प्रवेश कार्यक्रममा चौधरीसहितको ठूलो जमातले एमालेमा प्रवेश गर्ने भएका छन् ।

चौधरीलाई एमालेमा आएसँगै आसन्न निर्वाचनमा टिकट दिनसक्ने बताइएको छ ।