९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

त्रिभूवन विमानस्थलबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान अब रामेछापको मन्थलीबाट हुने(भिडियोसहित)

त्रिभूवन विमानस्थलबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान अब रामेछापको मन्थलीबाट हुने(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान अब रामेछापको मन्थली विमास्थलबाट हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अगाडि नै काठमाडौं–लुक्ला उडानलाई मन्थली विमानस्थलबाट रामेछाप–लुक्ला उडान शुरु गर्ने निर्णय गरेको हो । प्राधिकरणको निर्णय अनुसार रामेछाप–लुक्ला उडानको लागि विमानस्थलमा आवश्वयक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माणको कार्य भइरहेको छ ।

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले समेत असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान शुरु गर्ने तयारी गरिसकेका छन् । बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहितको टोलीले रामेछाप मन्थली विमानस्थलको स्थलगत निरीक्षण गर्नुभएको छ । रामेछाप–लुक्ला नियमित उडानको लागि मन्थली विमानस्थल व्यवस्थित भए नभएको बारेमा मन्त्री श्रेष्ठले स्थलगत निरिक्षण गर्नुभएको छ ।

मन्थली विमानस्थलको स्थलगत निरीक्षणपछि सञ्चार कर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले प्राधिकरणले लुक्ला उडानलाई रामेछाप मन्थली विमानस्थललाई बेस बनाएर रामेछाप–लुक्ला उडानलाई व्यवस्थित बनाउने बताउनु भयो । उहाँले विमानस्थल विस्तारको काम सकारात्मक रहेको भन्दै हवाई यात्रुहरुको लागि विमानस्थलमा आवश्वक संरचना निर्माण गरिने बताउनु भयो । मन्त्री श्रेष्ठले मन्थली विमानस्थलबाट लुक्ला उडान गर्ने यात्रुहरु बढी विदेशी पर्यटकहरु हुने भएको भन्दै मन्थली विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले विदेशी तथा स्वदेशी नागरिकहरु विमानस्थलमा आउने वातावरण बनाउन विमानस्थलमा सेवा सुविधाहरु व्यवस्थित बनाउन निर्देशन दिनुभयो । मन्त्री श्रेष्ठले सरकारले मन्थली विमानस्थललाई व्यवस्थित गर्ने काममा कुनै कमि हुन नदिने बताउनु भयो । उहाँले मन्थली विमानस्थलमा सर्वसाधरण जनताको लागि नियमित काठमाडौं उडान गर्ने विषयमा मन्त्रालयले चाँडै निर्णय गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘ रामेछाप मन्थली विमानस्थलको निरीक्षण गरेँ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले लुक्ला उडानलाई रामेछाप मन्थली विमानस्थललाई बेस बनाएर लुक्ला उडान गर्ने योजना बनाएको छ । त्यो हिसावले मन्थली विमानस्थलको सेवा सुविधाहरुलाई पनि व्यवस्थित गर्नुपर्छ । मन्थली विमानस्थलबाट लुक्ला उडान गर्ने यात्रुहरु बढी विदेशी पर्यटकहरु हुन् ।

विदेशी तथा स्वदेशी नागरिकहरु विमानस्थलमा आउने वातावरण र सेवा सुविधाहरु हुनुपर्छ । त्यसैले मन्थली विमानस्थलको अवस्था निरीक्षण गरिएको हो। अहिले जसरी पुनःनिर्माण भइरहेको छ । त्यो सकारात्मक छ । यात्रु बस्ने क्षेत्र विकास गरिएको छ र विमानस्थलमा अभाव रहेका संरचनाहरु निर्माण कार्य गरिरहेको छ । यो विमानस्थललाई थप व्यवस्थित गर्न निर्देशन दिएको छु ।

सरकारले अब मन्थली विमानस्थललाई व्यवस्थित गर्ने काम हुन्छ । मन्थली विमानस्थलबाट स्थानीय नागरिकहरु हवाई उडानबाट काठमाडौं आउने र जाने विषयमा मेरो ध्यानाकर्षण भएको छ । यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने मान्यता रहेको छ । मन्थली विमानस्थलबाट स्थानीय नागरिकहरु हवाई उडानबाट काठमाडौं आउने र जाने नियमित हवाई उडानको विषयमा मन्त्रालयले सबैसँग छलफल गरेर चाँडै निर्णय लिन्छु ।’

त्यस्तै,बिहीवार नै पर्यटन मन्त्री श्रेष्ठले दाङको टरिगाउँ विमानस्थलको पनि निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले विमानस्थलमा पुगेर दाङको जनधनत्व र सहरीकरण बढ्दै गएकाले विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने गरी धावनमार्ग बनाउनुपर्छ भनेर प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले विमानस्थल बिस्तार गर्दै ७२ सिटे हवाईजहाज बस्न सक्नेगरी धावनमार्ग बिस्तार गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले वर्तमान सरकारले एउटा जिल्लालाई मात्रै साधन स्रोत बनाउने भन्दा पनि सबै जिल्लामा समानुपातिक स्रोत साधनको विकास गर्ने उद्देश्य रहेको बताउनु भयो । उहाँले अघिल्लो सरकारले सबै स्रोत र साधन झापा जिल्लामा मात्रै लगेको आरोप लगाउनु भयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो,‘दाङको जनधनत्व र शहरीकरण बढ्दै गएको छ । त्यो हिसावले पनि दाङको टरिगाउँमा विमानस्थल आवश्यक छ । साना खालको विमानस्थलले पुग्दैन । यो विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने गरी धावनमार्ग बनाउनुपर्छ भन्ने सरकारको मान्यता हो । दाङको टरिगाउँ एयरपोर्ट ७२ सिटे हवाईजहाज बस्न र उडान सक्नेगरी एयरपोर्टको धावनमार्ग बिस्तार गर्नुपर्छ भनेर प्राथमिकता दिएको छ । वर्तमान सरकारको उदेश्य एउटा जिल्लालाई मात्रै साधन स्रोत मात्रै खनाउने मात्रै होइन । झापामा मात्रै सबै स्रोत साधन राख्नुपर्छ भन्ने मान्यता राख्दैन ।’

मन्त्री श्रेष्ठले विमानस्थलमो निरीक्षणपछि विमानस्थलको विस्तार गरी ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने गरी धावनमार्ग लामो बनाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो । उहाँले ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने १५/१६ सय मिटरको धावनमार्ग बनाउनुपर्ने देखिएको बताउनु भयो । मन्त्री श्रष्ठले विमानस्थलको थप सर्वेक्षण गरेर डिटेल रिपोर्ट आउने बित्तिकै प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।

उहाँले विमानस्थलको सर्वे सकेसम्म दशैँ अगाडि नभए दशैँपछि लगतै सर्वेको काम गर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले विमानस्थल बिस्तार गरेर नियमित उडानको लागि धेरै समय दाङका जनता निराश हुन नपर्ने बताउनु भयो । उहाँले काठमाडौं पुगेपछि विमानस्थलको बारेमा अर्थमन्त्रीसँग बजेट सुनिश्चिताको लागि कुरा गर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले नेपालको भौगोलिक अवस्थाका कारण सबै क्षेत्रलाई जोड्न हवाई सेवा उपयुक्त रहेकाले देशका विभिन्न ठाउँमा एयरपोर्ट बनाउन लागिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सकारात्मक दृष्टिकोणसहित आएका छौं। यो एयरपोर्ट बन्नैपर्छ । यसलाई ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने गरी धावनमार्ग लामो बनाउनुपर्छ । कमसेकम १५/१६ सय मिटरको रनवे हुनुपर्छ । एकपटक थप सर्वेक्षण गरेर डिटेल रिपोर्ट आउने बित्तिकै हामीले प्रक्रिया अगाडि बढाउँछौं। सकभर दशँैअघि हुन्छ। नभए दशैँ लगत्तै सर्भेको काम शुरु हुन्छ । अब धेरै समय तपाईंहरु निराश हुनुपर्ने आवश्यक छैन। सरकारको प्राथमिकतामा रहेको छ । म यहाँबाट फर्केपछि अर्थमन्त्रीज्युसँग पनि कुराकानी गर्नेछु । बजेटको सुनिश्चितताको लागि पनि प्रक्रिया अघि बढाउनेछु ।’

दाङको टरिगाउँ विमानस्थल वि.सं. २०१७ सालदेखि नियमित सञ्चालनमा आए पनि समयमा नै स्तरवृद्धि हुन नसक्दा नियमित उडान हुन सकेको छैन । त्यहाँका स्थानीयहरुले विमानस्थलको थप बिस्तार गरी विमानस्थल सञ्चालनमा ल्याउन माग गर्दै आएका छन् । विमानस्थल नजिकै प्युठानमा स्वर्गद्वारी जस्ता महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रहरु रहेका छन् । तर टरिगाउँ विमानस्थल प्रत्येक निर्वाचन पिच्छे चुनावी एजेण्डा बन्ने तर विमानस्थल अहिलेसम्म विमानस्थल बन्नसकेको छैन ।