८ कार्तिक २०८१, बिहीबार
,
Latest
महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान् रवि र छवि सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण श्रीलंकाविरुद्ध नेपालको सानदार जित, सेमिफाइनलमा भारतसँग भिड्ने राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छः मन्त्री भट्टराई साफ महिला च्याम्पियनसिपः पहिलो हाफमै श्रीलंकाविरुद्ध नेपाल ४–० ले अघि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन सकेनः अध्यक्ष पौडेल(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताउनुभएको छ ।

नीति फाउण्डेशनले ललितपुरमा आयोजना गरेको ‘संविधानवाद र लोकतन्त्रमा संवैधानिक निकायको भुमिका’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएको बताउनुभएको हो । उहाँले ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताउनुभयो । उहाँले ऐनमा प्राकृतिक स्रोतको रोयल्टी कानून बमोजिम बाड्नु भनिएको भएपनि कानून बनाएर खर्च गर्ने अधिकार नभएकाले कार्यान्वयन हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अन्तर सरकार वित्त व्यवस्थापन ऐन हेर्नुभयो भने त्यहाँ के भनेको छ भने प्राकृतिक स्रोतको रोयल्टी बाँड्दाखेरी जिल्ला सभालाई पनि तिमीले बाँड है भनेर भनिएको छ ऐनमा । तर हामीले त्यो बाँडेका छैनौ अहिलेसम्म । त्यसैले ऐन पालना नगरेको भनेर महाअभियोग लगाउने हो भने त्यसको लागि ठाउँ छ ।

मैले क्लू नै दिएँ । त्यो हामीले किन गरेनौँ भने संसदले बनाएको कानून संविधानसँग मेल खादैनँ । किन मेल खादैन भने संविधानमा के भनिदिनु भयो भने कानून बमोजिम बाहेक खर्च गर्न नि पाइँदैन । कानून बमोजिम बाहेक पैसा उठाउन पनि पाइँदैन । एक पैसा उठाउन पनि पाइँदैन । एक पैसा खर्च गर्न पनि पाइँदैन । कानून बनाउने अधिकार कहाँ–कहाँ छ भन्दाखेरी गाउँसभा, नगरसभामा छ । प्रदेश सभामा छ । अनि संघको संसदमा छ ।

जिल्ला सभामा त छैन । संविधानले नै के भन्यो भने जिल्ला सभालाई जाने बजेट चाहीँ प्रदेशबाट जाने भनेको छ, प्रदेश कानूनले प्रदेशको विनियोजन ऐनले व्यवस्था गरेर जाने हो । जसलाई कानून बनाएर खर्च गर्ने अधिकार नै छैन त्यहाँ पैसा दे भन्नुभएको छ । त्यसैले हामीले के ठान्यौँ भने संसदले बनाएको कानून भन्दा संविधान नै ठिक हो ।’

उहाँले प्रदेश तथा जिल्ला सीमांकनमा समस्या रहेको पनि बताउनु भयो ।