९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन सकेनः अध्यक्ष पौडेल(भिडियोसहित)

अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन सकेनः अध्यक्ष पौडेल(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताउनुभएको छ ।

नीति फाउण्डेशनले ललितपुरमा आयोजना गरेको ‘संविधानवाद र लोकतन्त्रमा संवैधानिक निकायको भुमिका’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएको बताउनुभएको हो । उहाँले ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताउनुभयो । उहाँले ऐनमा प्राकृतिक स्रोतको रोयल्टी कानून बमोजिम बाड्नु भनिएको भएपनि कानून बनाएर खर्च गर्ने अधिकार नभएकाले कार्यान्वयन हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अन्तर सरकार वित्त व्यवस्थापन ऐन हेर्नुभयो भने त्यहाँ के भनेको छ भने प्राकृतिक स्रोतको रोयल्टी बाँड्दाखेरी जिल्ला सभालाई पनि तिमीले बाँड है भनेर भनिएको छ ऐनमा । तर हामीले त्यो बाँडेका छैनौ अहिलेसम्म । त्यसैले ऐन पालना नगरेको भनेर महाअभियोग लगाउने हो भने त्यसको लागि ठाउँ छ ।

मैले क्लू नै दिएँ । त्यो हामीले किन गरेनौँ भने संसदले बनाएको कानून संविधानसँग मेल खादैनँ । किन मेल खादैन भने संविधानमा के भनिदिनु भयो भने कानून बमोजिम बाहेक खर्च गर्न नि पाइँदैन । कानून बमोजिम बाहेक पैसा उठाउन पनि पाइँदैन । एक पैसा उठाउन पनि पाइँदैन । एक पैसा खर्च गर्न पनि पाइँदैन । कानून बनाउने अधिकार कहाँ–कहाँ छ भन्दाखेरी गाउँसभा, नगरसभामा छ । प्रदेश सभामा छ । अनि संघको संसदमा छ ।

जिल्ला सभामा त छैन । संविधानले नै के भन्यो भने जिल्ला सभालाई जाने बजेट चाहीँ प्रदेशबाट जाने भनेको छ, प्रदेश कानूनले प्रदेशको विनियोजन ऐनले व्यवस्था गरेर जाने हो । जसलाई कानून बनाएर खर्च गर्ने अधिकार नै छैन त्यहाँ पैसा दे भन्नुभएको छ । त्यसैले हामीले के ठान्यौँ भने संसदले बनाएको कानून भन्दा संविधान नै ठिक हो ।’

उहाँले प्रदेश तथा जिल्ला सीमांकनमा समस्या रहेको पनि बताउनु भयो ।