• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप ★   गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन ★   गर्मीमा किन बढी रिस उठ्छ ? ★   काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम ★   धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल, सिप मेलाको अवलोकनमाः निराशहरुलाई तालिमले आशा दिलाएको प्रतिक्रिया ★   दन्त परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा ★   वर्षापछि वायु प्रदूषण घट्दै ★   एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद गरिएको छैन: काँगेस ★   ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता ★   ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु

नागरिकता विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवा दुखित



काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवाले दुःख व्यक्त गरेका छन् ।

संसद्ले पहिलो पटक पारित गरेर राष्ट्रपतिकहाँ पठाएपछि एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिए पनि दोस्रोपटक प्रमाणीकरण नगर्नु दुःखद भएको मानव अधिकारवादी कृष्ण पहाडी बताउनुहुन्छ । “राष्ट्रपति महोदयलाई मेरो आग्रह छ, संविधानले दिएको भूमिका निर्वाह गर्नुस्”–उहाँले भन्नुभयो ।

संविधानविपरीतको यो कदमको न्यायिक निरुपण गरिनुपर्नेमा पनि पहाडीले जोड दिनुभयो । लोकतन्त्र र संविधान मुख्य कुरा हो अरु गौण कुरा भएको उल्लेख गर्नुहुँदै उहाँले दुवैका विरुद्ध राष्ट्रपति प्रयोग हुनु दुःखद रहेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य प्रा कपिल श्रेष्ठले संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नहुँदा संविधानको मर्ममा असर पर्ने तर्क गर्नुभयो ।