२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा मधेसकै पहिलो चिडियाखाना बन्ने



अ+ अ-

पर्सा । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकामा पर्सा प्राणी उद्यान चिडियाखानाको शिलान्यास गरेका छन् ।

सरकारले अनुमति दिएसँगै वीरगञ्ज महानगरपालिका- ३२ रामवनमा मन्त्री यादवले बिहीबार चिडियाखानाको शिलान्यास गरेका हुन् ।

५० हेक्टर क्षेत्रफल रहेको चिडियाखाना एक अर्ब एक करोड ७ लाख रुपैयाँको लागतमा निर्माण हुनेछ ।

मन्त्री यादवले चिडियाखाना पर्सा जिल्ला र समग्र मधेस प्रदेशको प्रमुख पर्यटकीय स्थल बन्ने र यसले विकास र समृद्धिको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।