६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबईमा कार धुने नेपालीलाई साढे ३४ करोड रुपैयाँ चिट्ठा परेपछि…



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत एक नेपाली युवाले १० मिलियन दिराम अर्थात् झन्डै ३४ करोड ५० लाख नेपाली रुपैयाँ पुरस्कार हात पारेका छन् ।

केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले त्यहाँको चर्चित मजुज चिट्ठा जितेका हुन् । यो चिट्ठा जित्ने बिक पहिलो नेपाली रहेको बताइएको छ । साप्ताहिक रूपमा खुल्ने यो चिट्ठामा उनले दुई वर्षदेखि चिट्ठा काटिरहेका थिए ।

चिट्ठा हात पारेपछि आफू अत्यधिक उत्साहित रहेको र उक्त १० मिलियन दिराम पुरस्कारले आफूलाई धेरै परिवर्तन गर्न सक्षम बनाउने उनले बताए । उक्त रकमले आफ्नो जीवनमा ठूलो परिवर्तन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै अहिले आफू करोडपति भए पनि सादा जीवन बाँच्ने उनी बताउँछन् ।

हालसम्म करिब ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिट्ठा जितिसकेका छन् । जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिट्ठा जितेको बताइएको छ । बिक मासिक १३ सय दिराममा त्यहाँको एक कम्पनीमा कार धुने कम्पनीमा कार्यरत रहेका छन् ।