१४ भाद्र २०८३, आईतवार
,
Latest
नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबईमा कार धुने नेपालीलाई साढे ३४ करोड रुपैयाँ चिट्ठा परेपछि…



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत एक नेपाली युवाले १० मिलियन दिराम अर्थात् झन्डै ३४ करोड ५० लाख नेपाली रुपैयाँ पुरस्कार हात पारेका छन् ।

केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले त्यहाँको चर्चित मजुज चिट्ठा जितेका हुन् । यो चिट्ठा जित्ने बिक पहिलो नेपाली रहेको बताइएको छ । साप्ताहिक रूपमा खुल्ने यो चिट्ठामा उनले दुई वर्षदेखि चिट्ठा काटिरहेका थिए ।

चिट्ठा हात पारेपछि आफू अत्यधिक उत्साहित रहेको र उक्त १० मिलियन दिराम पुरस्कारले आफूलाई धेरै परिवर्तन गर्न सक्षम बनाउने उनले बताए । उक्त रकमले आफ्नो जीवनमा ठूलो परिवर्तन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै अहिले आफू करोडपति भए पनि सादा जीवन बाँच्ने उनी बताउँछन् ।

हालसम्म करिब ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिट्ठा जितिसकेका छन् । जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिट्ठा जितेको बताइएको छ । बिक मासिक १३ सय दिराममा त्यहाँको एक कम्पनीमा कार धुने कम्पनीमा कार्यरत रहेका छन् ।