१४ मंसिर २०८१, शुक्रबार
,
Latest
आज देशभरको मौसम सफा रहने नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ? ‘एनपीएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा अन्त:शुल्क स्टिकर छपाइमा  भ्रष्टाचार प्रकरण: पौडेल र श्रेष्ठलाई आठवर्ष कैदको फैसला  लगानी बोर्ड बैठक: बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत आई.एम.ई. लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपनको लसुनटारमा आगलागी, तीनजनाको मृत्यु



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा बुधबार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा  नियन्त्रणमा लिइएको राससलाई जानकारी दिनुभयो ।

आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उहाँको भनाइ छ । आगलागी नियन्त्रणमा लिए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताउनुभयो । रासस