१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्टोबरमा इण्डोनेशियामा ट्रेड एक्स्पो हुने(भिडियोसहित)



अ+ अ-

काठमाडौं । आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो । सो एक्स्पोमा इण्डोनेशियाले उत्पादन गरेका सबै प्रकारका वस्तुहरु राखिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताउनु भयो ।

उहाँले सो एक्स्पोले नेपाल र इण्डोनेशियाका बीअक्टोबरमा इण्डोनेशियामा ट्रेड एक्स्पो हुने चरणमा भइरहेको व्यवसायिक गतिविधिलाई अझै बढाउन मद्दत गर्ने बताउनु भयो ।

उहाँले एक्स्पोमा सहभागी भएर नेपालले इण्डोनेशियाका उत्पादनहरुका बारेमा जानकारी लिने र नेपाली उत्पादनहरुलाई इण्डोनेशिया लैजाने उपयुक्त अवसर हुने उल्लेख गर्नुभयो ।

सो अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताउनु भयो ।

उहाँले ब्याज बढ्दैमा डिपोजिट नबढ्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो – ‘ब्याज बढाएको चिज स्वभाविक होइन । अहिले ब्याज बढेको छ, जुन लेभलमा अहिले ब्याज बैंकहरुले बढाएको छ । ब्याज बढाउँदैमा डिपोजिट बढ्छ भन्ने कुरा पटक्कै होइन ।’

उहाँले तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको बताउनु भयो । यद्यपी पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार हुँदै गएको उहाँको भनाइ छ ।