६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्टोबरमा इण्डोनेशियामा ट्रेड एक्स्पो हुने(भिडियोसहित)



अ+ अ-

काठमाडौं । आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो । सो एक्स्पोमा इण्डोनेशियाले उत्पादन गरेका सबै प्रकारका वस्तुहरु राखिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताउनु भयो ।

उहाँले सो एक्स्पोले नेपाल र इण्डोनेशियाका बीअक्टोबरमा इण्डोनेशियामा ट्रेड एक्स्पो हुने चरणमा भइरहेको व्यवसायिक गतिविधिलाई अझै बढाउन मद्दत गर्ने बताउनु भयो ।

उहाँले एक्स्पोमा सहभागी भएर नेपालले इण्डोनेशियाका उत्पादनहरुका बारेमा जानकारी लिने र नेपाली उत्पादनहरुलाई इण्डोनेशिया लैजाने उपयुक्त अवसर हुने उल्लेख गर्नुभयो ।

सो अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताउनु भयो ।

उहाँले ब्याज बढ्दैमा डिपोजिट नबढ्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो – ‘ब्याज बढाएको चिज स्वभाविक होइन । अहिले ब्याज बढेको छ, जुन लेभलमा अहिले ब्याज बैंकहरुले बढाएको छ । ब्याज बढाउँदैमा डिपोजिट बढ्छ भन्ने कुरा पटक्कै होइन ।’

उहाँले तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको बताउनु भयो । यद्यपी पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार हुँदै गएको उहाँको भनाइ छ ।